काठमाडौँ। गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरी जवानबीच भएको विवादबारे कलाकार दीपक राज गिरीले मुख खोलेका छन् ।
उनले विगतमा आफूपनि यस्तै घटनाबाट विवादमा परेको स्मरण गर्दै कलाकार वा सेलेब्रेटीको गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ती कलाकारकै देखिने गरेको भन्दै चित्त दुखाएका छन् ।
सेलिब्रेटीलाई सेतो कपडासँग तुलना गर्दै गिरीले अरू रंगमा दाग नदेखिए पनि सेतोमा सानो दाग पनि देखिहालिने उल्लेख गर्दै भनेका छन्, ‘अतः सहनुपर्ने हामीले नै रहेछ । विदेशमा प्रायः यस्तो घटना हुँदैन, किनकि त्यहाँ नेता मात्रै भीआईपी हुँदैनन्, धेरै कर तिर्ने व्यापारीहरु , नाम चलेका खेलाड़ी, कलाकारहरूलाइ पनि भीआईपी मानिन्छ र सुविधाजनक ढंगले चेकजॉच हुन्छ र भीडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ । तर यो देशमा नेता मात्रै भीआईपी हो । यो संवेदनशीलतालार्इ हामीले बुझ्नु पर्छ । किनकि हामी भीडबाट नै गुज्रिनु पर्छ ।त्यस्तो अवस्थामा हामी सतर्क हुनैपर्छ ।’
यस्तै भीडमा प्रहरीलाई स्वाभाविकरुपमा प्रेसर हुने उल्लेख गर्दै सो क्रममा आस्थालाई दुर्व्यवहार गरेको भनिएकी महिला प्रहरी जवानबाट पनि त्यस्तै व्यवहार भएको उनसक्ने उनको भनाइ छ ।
उनले ‘कलाकार यस्तै घमण्डी हुन्छन्’ भनेजसरी टिकाटिप्पणी समेत भएको भन्दै त्यसरी टिप्पणी गरिँदा दुःख लागेको बताएका छन् । गिरीले जे जस्तो भएपछि प्रहरी जवानसँग माफी माग्न सुझाएका छन् । भित्रुवन विमानस्थलमा आफूमाथि प्रहरी जवानबाट दुर्व्यवहार भएको भन्दै आस्थाले प्रहरीमाथि गालीको वर्षा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया