अमेरिकी अन्तरिक्ष सेनाको नयाँ बर्दीको सामाजिक सञ्जालमा उड्यो खिल्ली, सेनाद्वारा बचाउ

काठमाडौं । अमेरिकी अन्तरिक्ष सेनाले आफ्नो नयाँ बर्दी ट्विटरमा सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खिल्ली उडाइएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना अमेरिकी अन्तरिक्ष फौज गठनको औपचारिक घोषणा गरेका थिए । सेनाले आफ्नो ट्विटरमा नयाँ बर्दी सार्वजनिक गरेको थियो ।

उक्त बर्दी अन्य सेनाले लगाउने जस्तै जमिनमा आवरण लुक्ने प्रकारको छ र छाती र पाखुरामा सेनाको चिह्न छ । सो बर्दीमाथि प्रतिक्रिया लेख्दै धेरैले अन्तरिक्षमा बोटबिरुवामा लुक्न मद्दत गर्ने खालको बर्दीको के काम भनी प्रश्न गरेका छन् ।

केहि कोहिले त भनेका छन् ‘के उनीहरूले कहिल्यै अन्तरिक्ष देखेका छैनन्रु’ ?

अन्तरिक्ष सेनाले भने आफ्नो बर्दीको चयनलाई बचाउ गर्दै भएकै सेनाको बर्दीको प्रयोग गरेर नयाँ बनाउँदा लाग्ने खर्च बचाएको बताएको छ।तर पनि सामाजिक सञ्जालमा बर्दी माथिको प्रतिक्रिया रोकिएको छैन ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?