धर्तीमा सुन कहाँबाट आयो ? वैज्ञानिकले खोले रहस्य…

काठमाडौं । सुनको मूल्यले अहिले आकाश छोएको छ । तर सुन कसरी बन्यो भन्ने कुरा सायदैलाई मात्र थाहा होला । धर्तीमा सुन कहाँबाट आयो ? यो कुराले हामीलाई हैरान बनाउँछ ।

जानकारीका अनुसार सुन चट्टानबाट निस्किन्छ । वैज्ञानिकहरुले यसबारेमा एक नयाँ कुरा अनुसन्धानबाट पत्ता लगाएका छन् । उनीहरुका अनुसार धर्तीमा सुन उल्कापिण्डको माध्याबाट आउँने गर्छ ।

इम्पीरियल कलेज लण्डनका भूगर्भशास्त्री मथिया बिलबोल्डले पृथ्वीका केहि भागमा आएर उल्कापिण्ड ठोक्किएको थियो ।

उल्कापिण्डका केहि भागमा सुन थियो र त्यसैले पहिला उल्कापिण्ड ठोक्किएका ठाउँमा सुनको खानी बन्न पुग्यो । यो घटना लगभग आजभन्दा ३ दशमलव ८ वर्ष पहिला भएको थियो ।

त्यसैले बिलबोल्ड सुन धर्तीको गहना नभएर उल्कापिढडबाट आएको कण भएको बताउँछन् । वैज्ञानिकहरुका अनुसार धर्तीको बाहिरी सतह करिब २५ माइल मोटो छ ।

यसमध्ये प्रत्येक १ हजार टन धातुमध्ये १ दशमलव ३ ग्राम सुन पाइन्छ । सन् १९७० को दशकमा चन्द्रमामा एपोलो पठाईएको थियो ।

यसमा वैज्ञानिकहरुले चन्द्रमामा रहेका चट्टानहरुको नमुना लिएका थिए । त्यसमा सुनको मात्रा पाईएको थियो । वैज्ञानिकहरुले रिसर्च गर्दा चन्द्रमा र धर्तीमा अन्तरिक्षबाट रेडियम युक्त उल्कापिण्ड ठोक्किएर त्यसका कणहरु झरेका थिए ।

चन्द्रमामा आवतजावत नभएको कारणले जताततै पाइएपनि जमिनमा भने मानिसहरुको चहलपहलका कारण चट्टानमा मिसिएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?