काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख छानेको छ । आज विहान अध्यक्षद्वयबीचको छलफलले सभामुख अग्नि सापकोटालाई बनाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
लामो समयको छलफलपछि दुई अध्यक्षबीच सापकोटालाई सभामुख बनाउन सहमति भएका हुन् । यसअघि कसलाई सभामुख बनाउने भन्ने विषयमा मत बाझिएको थियो । यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए भने प्रचण्डले पुरानो सहमति कार्यान्वयन गर्न पनि पूर्वमाओवादीबाट सापकोटाको नाम प्रस्ताव गरेका थिए । गत असोज १४ पछि प्रनिधिसभामा सभामुख पद रिक्त छ ।
पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सुचना टाँस गरेर स्थगित भएका थिए । अर्को बैठक माघ ६ गतेलाई बोलाइएको छ । बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्ने तयारी छ । नेकपाले आजै ४ बजे सचिवालय बैठक बोलाएको छ । आज बस्ने सचिवालय बैठकले सापकोटको नाम अनुमोदन गर्ने तयारी छ । बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको स्रातले जनाएको छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुरव्र्यवहारमा मुछिएपछि उनले राजीनामा दिएसँगै सो पद खाली भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया