काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि गर्ने भएको छ । त्यसको लागि बैंकले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले माघ १ गते बोर्डमा निवेदन पेश गरेको थियो । भने बिक्रि प्रबन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंक लिमिटेड रहेको पनि बैंकले जनाएको छ । बैंकले व्यक्तिगत प्रयोजनमार्फत विभिन्न संघ सस्थालाई १८ लाख कित्ता तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन मार्फत १२ लाख कित्ता बिक्रि गर्न लागेको हो ।
यो ऋणपत्र १० वर्ष अवधीको रहेको हुने साथै २०८६ मा परिपक्क हुनेछ । खरिदकर्ताले वार्षिक १० दशमलव ५० प्रतिशत व्याज प्राप्त गर्न सक्नेछन् । वाणिज्य बैंकहरुले आफूसँग भएको चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिबार्य निश्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसै अनुसार ऋणपत्र जारी गर्न लागेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया