काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । राउतविरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा आइतबार पक्राउ पुर्जी जारी भएको हो ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि गायिका राउतले दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता भएको थियो ।
राउतलाई प्रहरीले पक्राउ गर्ने तयारी थालेको जनाइएको छ । प्रहरीका अनुसार अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल र १ लाख सम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
यो पनि
आस्था राउत प्रकरणमा बोले दीपकराज गिरी
आस्था राउतले रुँदै मागीन् माफी
गायिका आस्था राउत विवादमा तानिईन्, अन्ततः माफि माग्नुपरेको भिडियोमा के छ ? भिडियोसहित
गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दा दर्ता, उनी फरार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया