अदालतबाट सफाइ पाएको खुसीकै बेला रवि लामिछानेले बाँडे अर्को खुसी

काठमाडौँ । टेलिभिजनकर्मी रवि लामिछानेले अदालतबाट सफाइ पाएकोमा खुसी व्यक्त गर्दै यो खुसीसबै आफ्ना समर्थकसँग बाँड्न चाहेको बताएका छन् । उनले दुःखको समयमा आफूलाई विश्वास गरेर माया दिने सबैप्रति धन्यवाद समेत दिएका छन् ।
यसैबीचमा लामिछानेले एक खुसीको खबर पनि सुनाएका छन् ।
२७८ दिन भित्र रास्कोट सामुदायिक अस्पताल सम्पन्न हुने गरि निर्माण कम्पनीसँग सम्झौता भएको लामिछानेले बताएका छन् । त्यसका लागि शनिबारदेखि काम सुरु हुने र निर्माण सम्पन्न सम्झौता भएको भन्दा एक दिन पनि ढिला भए निर्माण कम्पनीलाई जरिवाना तिराइने उनको भनाइ छ।
जिल्ला अदालत चितवनले शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीसहित युवराज कँडेल र अस्मिता कार्कीसमेतलाई सफाइ दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?