इन्डोनेशियामा ६.६ रेक्टर स्केलको भूकम्प, सुनामी आउँन सक्ने खतरा

काठमाडौं । इन्डोनेशियामा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार आइतवार राती ११ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको थियो ।

इन्डोनेशियाको बोलांग मोंगोडो सेलातन जिलाको दक्षिण पश्चिम इलाकामा समुन्द्र भन्दा ९५ किलोमिटर गहिराईमा भूकम्प गएको थियो ।

मानिसहरु भूकम्प गएपछि बिभिन्न ठाउँमा शरण लिन पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्याले बताएका छन् । भूकम्पले कुनै क्षति नगरेपनि मानिसहरुमा त्रास फैलिएको छ ।

साथै समुन्द्रको गहिराइमा आएको सो भूकम्पका कारण सोनामी आउँन सक्ने खतरा रहेको भन्दै इन्डोनेशियाली सरकारले सतर्क रहन आग्रह गरेको छ ।

गएको आइतवार पनि इन्डोनेशियाको पूर्वी क्षेत्रमा ६ रेक्टर स्केलको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ विदका  अनुसार इन्डोनेशिया विश्वभरिमै भूकम्पको उच्च जोखिममा रहेको देश हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?