ब्राजिलकै डरलाग्दो गिरोहका ४० कैदिबन्दी पाराग्वेको जेलबाट सुरुङ खनेर फरार

काठमाडौं । पाराग्वेको जेलबाट ब्राजिलियन ड्रग तथा हतियारहरु चोरी गर्ने एक गिरोह समुहका ७६ सदस्य कैदीबन्दी फरार भएका छन् ।

ब्राजिलको सिमाना नजिकै रहेको पाराग्वेको जेलबाट आइतवार ७६ जना कैदीबन्दी फरार भएका हुन् । पुलिस अधिकारीहरु यो समुह एकदमै खतरनाक भएको भन्दै समात्नका लागि उनीहरुलाई खोजिरहेको छ ।

पुलिस प्रवक्ता एलेना एन्ड्राडाले ब्राजिल र पाराग्वे दुबै देशका कैदीह मिलेर जेलमा सुरुङ खनेको र सुरुङको मद्दतबाट भाग्न सफल भएको बताएका छन् ।

पाराग्वेका न्याय मन्त्री सेसिलिया परेजले यो घटनाको घोर निन्दा गरेका छन् । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुसँगको कुराकानीका क्रममा पुलिसहरुलाई सुरुङ खनुन्जेल पनि घटनाको बारेमा थाहा नभएको भन्दै आपत्ति जनाएका हुन् ।

भागेका कैदीहरु ४० जना ब्राजिलका र ३६ जना पाराग्वेका रहेको अधिकारीहरुले बताएका छन् । यो घटनाबाट आक्रोसित न्याय मन्त्रीले जेलका वार्डनलाई बर्खास्त गरेका छन् ।

साथै जेलका गार्डहरुलाई पनि घटनामा संलग्न भएको भन्दै गिरफ्तार गरिएको छ । भागेका धेरैजसो कैदीहरु एकै गिरोहका रहेको अधिकारीहरुको भनाई छ ।

यो गिरोहलाई ”फर्स्ट क्यापिटल कमान्ड” भनेर चिन्ने गरिन्छ । यो गिरोह ब्राजिलकै सबैभन्दा डरलाग्दो गिरोह हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?