दलको निर्देशनमा होइन संवैधानिक र कानूनी प्रबन्धअनुसार निर्देशित हुनुपर्छ : तुम्बाहाम्फे

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदमा साजिनामासँगै दलको निर्देशनमा होइन संवैधानिक र कानूनी प्रबन्धअनुसार निर्देशित हुनुपर्ने बताएकी छिन् ।

आज प्रतिनिधि सभा बैठकमा राजिनामाको घोषणा गर्दै उनले त्यस्तो बताएकी हुन् । उनले भनीन् दलबाट सिफारिस वा निर्वाचित भएर प्राप्त हुने जिम्मेवारी भएता पनि संवैधानिक ओहदामा बसुन्जेल सम्बन्धित व्यक्ति दलसँगको सम्बन्धबाट अलग रहेको हुन्छ।

उक्त ओहदामा रहँदा ऊ दलको निर्देशनमा होइन, संवैधानिक र कानुनी प्रबन्ध अनुसार निर्देशित भएर क्रियाशील हुन्छ। मैले पनि यसै अनुसार नै इमान्दारीताका साथ कर्तव्य पूरा गर्ने प्रयास गरेकी छु ।

उनले कसैले पनि आफ्ना जरा र धरालत बिसर्नु हुँदैन, धरातल भुल्नु हुँदैन र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्नु हुँदैन भन्ने कुरामा पनि आफु सचेत रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?