काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निर्दाेष सावित भइ साढे २ महिनापछि काममा फर्किका छन् । आर्थिक अनियमितताको आरोपमा गत कात्तिक १८ गतेबाट श्रेष्ठ निलम्बनमा परेका थिए ।
श्रेष्ठले लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोपमा श्रेष्ठमाथि आरोप लागेको थियो । श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरेको थियो । त्यस्तै राष्ट्र बैंकले श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरि छानबिनलाई अघि बढाएको थियो ।
श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा. सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति राष्ट्र बैंकले गठन गरेको थियो । उक्त समितिले छानविन गर्दा श्रेष्ठमाथि लागेका आरोपका सम्बन्धमा कुनै पनि दोष नदेखिएकाले श्रेष्ठलाई सफाई दिइसकेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले उक्त पत्रकार सम्मेलनमा बताएका थिए ।
गत माघ २ गते बिहीवार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका क्रममा श्रेष्ठ माथि लागेको आरोपमा संलग्नता नरहेको बताएसँगै उनी आरोप मुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया