नेपाल बैंकले दियो शेयरधनीलाई डिम्याट खाता खोल्न निर्देशन

काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । त्यसको लागि बैंकले शेयरधनीहरुलाई डिम्याट खाता खोल्न समेत निर्देशन दिएको छ । भने डिम्याट खाता भएका शेयरधनीहरुलाई भने बैंक खाता अद्यावधि गर्नको लागि निर्देशन दिँदै सूचना समेत जारी गरेको छ । त्यस्तो निर्देशनसँगै अन्य प्रक्रिया सकेर बैंकले छिट्टै नै लाभांश वितरण प्रक्रिया थालिने जनाएको छ ।

हालसम्म पनि बैंकका ४ हजार ५ सय ४६ ओटा खाताहरु डिम्याटमा आवद्ध भएका छैनन् । भने १ हजार २ सय ८१ ओटा खाताहरु भने प्लेजमा रहेकोे छ । त्यसै अनुसार नै बैंकले डिम्याट खाता खोल्न तथा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ । बैंकले सिभिल क्यापिटल मार्केट्स लिमिटेडलाई रजिष्टारको रुपमा नियुक्त गरेको छ ।

बैंकको ६० औँ वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश तथा १५ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?