काठमाडौं । महिनौँयताको चरम खडेरीपछि पूर्वी अस्ट्रेलियाका केही भागमा बाढी आएको छ भने कतैकतै असिना परेको छ । सोमबार क्यानबेरामा बलजत्रो असिना परेको हो ।
उक्त असिनले कारको झ्यालमा क्षती पुर्याउनुका साथै थुप्रै चराचुरुङ्गीलाई घाइते बनाएको छ । धुलोको मुस्लोयुक्त भयानक आँधी आएको २४ घण्टा नबित्दै उक्त स्थानमा असिना परेको हो ।
सोमबार अपरान्ह देशको राजधानी क्यानबेरामा बलजत्रो असिना परेको हो । असिना परेसँगै कोही मानिस ओत लाग्न दौडिए भने असिनाको सम्भावित क्षतीबाट बच्नका लागि ड्राइभरले आफ्नो साधनलाई अन्डरग्राउन्ड पार्किङतिर कुदाए ।
१५ मिनेटपछि २ इन्च चौडाइ भएको असिना पर्न रोकियो तर ती गाडीको झ्यालको सीसा फुटाउन र दर्जनौं चराचुरुङ्गीलाई चोट पुर्याउन पर्याप्त भएको क्यानबेरामा रहेको अष्ट्रेलियन संस्थाका अनुसन्धानकर्ता तोम स्वानले जानकारी दिए ।
अष्ट्रेलियाको मौसम विभागका अनुसार उक्त असिना अब सिड्नी, ओलङ्गङ्ग र न्यूक्यासल सरेको छ । मौसम विभागले उक्त क्षेत्रमा विनासकारी आँधी, ठूला असिना र भारी वर्षाको सम्भावना भएको भन्दै चेतावनी जारी गरेको छ ।
तस्वीर : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया