काठमाडौं । मकवानपुरको ‘एभरेष्ट पानोरमा रिसोर्टमा’ बेहोस भई ज्यान गुमाएका ८ जना भारतीय पर्यटकको सनाखत भएको छ ।
प्रहरीका अनुसार भारतीय नागरिक प्रविन कृष्ण नाहिर (३९ वर्ष) उनकी श्रीमती सार्नया (३४ वर्ष) श्रीभारदह (४ वर्षकी छोरी) अर्की छोरी ६ वर्षकी अर्चा र छोरा ५ वर्षका अभिनवको मृत्यु भएको हो । त्यस्तै ३९ वर्षिय रन्जित कुमार, उनकी श्रीमती ३४ वर्षिय इन्दु रन्जित र २ वर्षिय बालक वैस्णव रन्जितको मृत्यु् भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी प्रमुख डिएसपी उमेश लम्सालले जानकारी दिए ।
मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि होटलका कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै प्रहरी घटनास्थल गएको थियो ।
लम्सालका अनुसार उनीहरुको मृत्यु बन्द कोठामा अक्सिजनको कमी भएको कारण हुनसक्ने प्रारम्भिक अनुमान छ ।
घटनाबारे वृस्तितमा अनुसन्धान भइरहेको छ । बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएतापनि उनीहरुको ज्यान बचेन । हेम्स अस्पतालमा आकस्मिक कक्षमा उपचारका क्रममा उनीहरु आठै जनाको मृत्यु भएको हो ।
डीएसपी लम्सालले ‘पोष्टमार्टमका लागि उनीहरुको शब त्रिवि शिक्षण अस्पताल महाराजगंज लैजाने तयारी भइरहेको लोकपथलाई बताए ।
यसअघि प्रकाशित समाचार : मकवानपुरको एक होटलमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया