नेपाल लाइफ इन्सोरेन्सद्वारा ५१ लाख बढी मृत्यु दावी भुक्तानी

पाँचथर । नेपाल लाइफ इन्सोरेन्सले मोटरसाइकलको ठक्करबाट मृत्यु भएका दलकर्ण राईको परिवारलाई ५१ लाख ६२ हजार पाँचसय रुपैयाँ दावी भुक्तानी गरेको छ । गत असोज २६ गते मोटरसाइकलले ठक्कर दिएका कारण फिदिम–२ का दलकर्ण राईको उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सले मृतक दलकर्ण राईकी पत्नी ईन्दु लिम्बूलाई मंगलबार मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । मृतक राईले नेपाल लाइफ इन्स्योरेन्स फिदिम शाखामा २५ लाख रुपैयाँको नौलो जीवन समृद्धि जीवन बीमा गरेको इन्स्योरेन्स फिदिम शाखाका प्रमुख पदमप्रसाद रिजाल जानकारी दिए ।

मृतक राईले बिमा शुल्कबापत ३ लाख ५ हजार ५९५ रुपैँया रकम जम्मा गरेका थिए । बिमाकर्ताको मृत्यु दावी स्वरुप २५ लाख दुर्घटना मृत्यु लाभ वापत थप २५ लाख र बोनस रकम बापत १ लाख ६२ हजार पाँच सय गरी जम्मा ५१ लाख ६२ हजार पाँचसय रुपैयाँको चेक राईकी पत्नी ईन्दुलाइ हस्तान्तरण गरीएको हो ।

दावी भुत्तानीको चेक हस्तान्तरण गर्दै फिदिम नगरपालिका मेयर ओनाहाङ नेम्बाङले बीमा अहिलेको समयमा अपरीहार्यता रहेको बताए । कारणवस मृत्यु भएमा मृतकका परिवारलाई समेत बीमाले केहि राहात मिल्ने उनको भनाई थियो ।

तस्वीर सौजन्य कृष्ण ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?