सन् २०२० मा बेरोजगारीको संख्या २ अर्ब ५ करोड हुन सक्ने

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सार्वजनिक गरेको एक रिपोर्टमा यो वर्ष बेरोजगारीको आँकडा बढेर २ अर्ब ५ करोड हुने अनुमान गरिएको छ ।

‘वर्ल्ड इम्प्लायमेन्ट एण्ड सोसल आउटलुक’ (डब्ल्युएसओ) ट्रेन्डर्स २०२० रिपोर्टका अनुसार विश्वभरमा लगभग आधा अर्ब मानिसले चाहे अनुसारको काम गर्न पाएका छैनन् ।

विश्वभरमा १८ करोड ८ लाख बेरोजगार मानिसहरुमध्ये १६ करोड ५ लाख मानिसहरुलाई पर्याप्त काम नभएको रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यसैले १२ करोड मानिसहरुले काम खोज्नै छोडेको रिपोर्टमा उल्लेख छ । आईएलओका महानिर्देशक गाय राइडरले  संयुक्त राष्ट्र समाचार सम्मेलनमा विश्वभरका अधिकांश मानिसहरुको जीविकोपार्जनको श्रोत अहिलेसम्म श्रम बजार तथा श्रम गतिविधि नै भएपनि उनीहरु बेरोजगार बसिरहनुपरेको बताएका छन् । ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार बढ्दो बेरोजगारका साथै असमानताका कारण मानिसहरु काम गर्नबाट बञ्चित हुने गरेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?