काठमाडौं। मानिसहरु पुण्य कमाउनका लागि दान र दक्षिण दिने गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ ? भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् ।दिल्लीका ती श्रद्धालुले मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् ।
मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै मात्रामा धन दान गरेको यो पहिलो पटक हो । मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ ।
मन्दिरका अध्यक्ष आदेश बांदेकरले भने अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय खुलाएको छैन ।
बांदेकरका अनुसार सन् २०१७ मा मन्दिरलाई कुल ३ सय २० करोड रुपैयाँ बराबर दान प्राप्त भएको थियो । सन् २०१९ मा ४ सय १० करोड रुपैयाँ दान प्राप्त भएको थियो ।
त्यो मन्दिर १९ नोभेम्बर १८०१ मा निर्माण भएको थियो । त्यतिबेला सानो आकारमा रहेको मन्दिर हाल भौतिक संरचना विकास गर्दै ठूलो बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया