काठमाडौं । चर्चित स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो नयाँ सिरिज बजारमा ल्याएको छ । रियलमीले रियलमीफाईभ सिरिज अन्तर्गत नयाँ क्वाड् क्यामेरा फोन रियलमीफाईभ आई नेपाली बजारमा भित्राएको हो । रियलमी फाईभ सिरिजको विश्वभर ५ दशमलव ५ मिलियन भन्दा बढि ढुवानी सफततापूर्वक गरिएको उक्त ब्राण्ड थप राम्रो क्यामेरा ,व्याट्रि, डिजाइन साथै सस्तो मूल्यमा बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
उक्त फोनमा ५ हजार एम एचको व्याट्रि रहेको छ । भने व्याट्रिमा फायरप्रुफ प्रोटेक्टिभ सेपरेशनको प्रयोग गरिएको छ । जसले व्याट्रिको सुरक्षालाई निश्चित गर्ने गर्दछ ।
साथै उक्त फोनमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ ए.आई ई रहेको छ । जसको कारण २ दशमलव ० गिगाहर्जको क्लक् स्पिडमा काम गर्न सकिनेछ । त्यतिमात्र नभएर उक्त फोनको स्लिम बडीमा नयाँ सनराईज डिजाइन प्रयोग गरिएको छ । भने व्याक कभरको ग्रेन्सहरु जर्मन फाईभ एक्सिस् प्रेसिजन रेडियम कार्भिङ मेशिनबाट तयार गरिएको छ । त्यस्तै यो फोन एक्वा व्लु तथा फरेन ग्रिनमा उपलब्ध रहेको छ ।
कम्पनीका अनुसार उक्त फोनमा ११९ अल्ट्रा वाईड एन्गल लेन्स् (८ एमपी) , मेन क्यामेरा १२ एमपी, पोरट्रेट लेन्स २ एमपी, अल्ट्रा म्याक्रो लेन्स २ एमपी को क्वाड क्यामेरा सेटप रहेको छ ।
रियलमी फाईभ आईमा प्रयोग भएको सफ्टवेयर, कलरओएस, ६.१ले रियल प्राईभेसी फङसन , हटस्पट, म्यानेजमेन्ट, क्लिनर र सिम्पलर युआई जस्ता थुप्रै फिचरहरु प्रदान गर्दछ । कलरओएस् ६.१ को साथमा रियलमी फाईभ आईले डार्क मोड एक्टिभेट गर्न सक्छ जसले गर्दा अध्यारो स्थानमा फोन चलाउँदा आँखालाई सहजता प्रदान गर्ने गर्दछ । उक्त फोनमा ४ जिबि रयाम रहेको छ भने ६४ जिबि स्टोरेज क्षमता रहेको छ । जसको हाल बजार मूल्य २०,९९० रहेको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया