सनराईज बैंकले सिर्जना फाइनान्सलाई प्राप्त गर्ने : मर्जपछि निक्षेप ९२ अर्ब ३१ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकको बिग मर्जर नीति अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्था एक अर्कामा गाभिने क्रम चलेको छ । यसैक्रममा सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्सलाई आफूमा समाहित गर्ने भएको छ । जसलाई प्राप्ती भन्ने गरिन्छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले उक्त प्राप्ती सम्बन्धि सम्झौता गरेको हो । सहमति अनुसार प्राप्ती गर्नको लागि सैद्वान्ति हस्ताक्षर समेत भइसकेको छ ।

राष्ट्र बैंकबाट क वर्गको मान्यता पाएको सनराइजको देशभर ११३ वटा साथै ८ एक्सटेन्सन काउन्टर रहेको छ । भने सिर्जना फाइनान्सको बिराटनगरमा मुख्य कार्यालय रहि मोरङ्ग सप्तरी तथा सुनसरी गरि ३ जिल्लामा २१ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।

हाल सनराइजको कुल निक्षेप ८५ अर्ब रहेको छ । भने कर्जा लगानी करिब ७८ अर्ब रहेको छ । त्यस्तै सिर्जना फाइनान्सको निक्षेप ७ अर्ब ३१ करोड तथा कर्जा ६ अर्ब ३१ करोड रहेको छ । प्राप्ती पछि भने बैंकको निक्षेप ९२ अर्ब ३१ करोड पुग्नेछ भने कर्जा ८४ अर्ब ३१ करोड सम्म पुग्ने तथ्यांकले देखाएको छ ।

बैंक तथा वित्तीय संस्था मर्जमा जानु अघि सम्पती तथा दायित्वको मूल्यांकन गर्ने गरिन्छ । त्यसको लागि विशेषज्ञ नियुक्त गरि आम्दानी तथा दायित्वको प्रतिवेदन प्राप्त भएपश्चात मर्जको प्रक्रियामा जाने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?