काठमाडौं । दाङमा बुहारीको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ रामनगर बस्ने ६५ वर्षीय कुलमान कुँवर रहेको प्रहरीले जनाएको छ ।
आफ्नै २७ वर्षीय बुहारी बसन्ता कुँवरलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोग उनलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
घरासी विवादको कारण कुलमानले आफ्नै बुहारीलाई चक्कु प्रहार गरी घाइते बनाएको थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्ताको स्थानीय मेडिकल हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया