काठमाडौं – उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरेको छ । जेल चलानको सूचना चुहिए लगत्तै उनी भारततिर फरार भएको बुझिएको छ । उनी प्रहरी हवल्दार तहका आफ्ना सुरक्षागार्ड मुकेश शाहलाई नेपालमै छाडेर भारततिर लागेको स्रोतले बतायो । स्रोतका अनुसार अभियुक्त गिरी दिउँसो करिब १२ : ३० बजेको समयमा बजे विराटनगरबाट जोगबनीसम्म आफैँले चढ्ने ग १ च ८१५७ नम्बरको गाडीमा गएका थिए । जोगबनीको मध्य बजार पुगेपछि नेपाली नम्बरको आफ्नो गाडी छाडेर भारतीय नम्बर प्लेट भएको गाडी चढेर उनी भारत गएका हुन् ।
मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश वेरितको भएको ठहर गरेको छ ।
सिद्धबाबामाथि महिला अनुयायीमाथि बलात्कार गरेको अभियोग छ ।
जबर्जस्ती करणीको जाहेरी परेपछि उनी मंसिर १२ गते विराट नर्सिङ होममा भर्ना भएका थिए।
३८ दिन त्यहिँ बिताएका उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया