काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले जित हात पारेको छ ।
शुक्रबार भएको खेलमा मनाङले पुछारको क्लब सरस्वती युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे ।
खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल गरेका थिए । जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । सरस्वतीको ८ खेलमा १ अंक रहेको छ ।
मनाङ र सरस्वती क्लबबीचको प्रतिस्पर्धामा जे देखियो :
प्रतिक्रिया