काठमाडौं । रुनुलाई कमजोरीको प्रतीक मान्ने गरिन्छ । तर, अनुसन्धानकर्ताहरुले रुनु कमजोरी नभएर स्वास्थको लागि राम्रो भएको बताएका छन् । भईरहेको सम्बन्ध बिछोड हुँदा र कामको बोझका कारण हामीलाई रुन मन लाग्छ ।
फिल्म हेर्दा होस् वा त कसैको दुःखको जीवन देखेर नै किन नहोस् हाम्रो आँखाबाट आँशुका भेल बग्न थाल्छन् । हामीलाई लाग्छ, रुँदा आखिर के फाइदा हुन्छ र ? तर रुनु स्वास्थ्यका लागि वरदान हुने कुरा अनुसन्धान कर्ताहरुले बताएका छन् ।
वर्षदिनमा एक व्यक्तिले ३० ग्यालोनसम्म आँशु उत्पादन गर्न सक्छ । चाहे खुसीको क्षणमा होस् या दुःखको क्षणमा होस् आँशुहरु हाम्रो आँखाबाट झर्ने गर्छन् । भावानात्मक रुपमा को कस्तो छ भनेर पनि आँशुहरूबाट थाहा पाउँन सकिन्छ ।
स्यारोन मार्टिन, साइकोथेरापिष्टका अनुसार रुनुका धेरै फाइदाहरु रहेका छन् । त्यसैले उनले मानिसहरुलाई रुनका लागि प्रोत्साहन गर्छन् । यसले शरीरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्ने उनी बताउँछन् ।
उनी भन्छन् ”मानिसहरु पब्लिक क्षेत्रमा रुन अप्ठेरो मान्छन्, तर जति खुल्ला रुपमा रुन सक्यो त्यति स्वस्थ हुन र शरिरमा फुर्ति थपिनमा मद्दत पुग्छ ।”
१. रुदा टोक्सिन्स उत्पादन हुन्छ
धेरै पीडा भएपछि पश्चात मानिस रुने गर्छ । त्यसबाट विभिन्न केमिकल शरिरमा उत्पादन हुने गर्छन् जसका कारण पीडा कम हुन्छ ।
प्रोटिन प्रोल्याक्टिन, एड्रिनोकोरटिकोट्रोफिक हर्मन, इण्डोरफिन लेउसिन–इन्केफेलिन जस्ता तत्वहरु रोइरहेको अवस्थामा प्राप्त हुने गर्छन् । यी तत्वहरुका कारण मानिसले पीडा कम भएको महसुस गर्न सक्छ ।
२. रुदा ब्याकटेरिया मर्छन्
रुवाइले ब्याकटेरिहरु मरेर जान्छन् । रोएको आँशुबाट फ्लुड लिसोजाइम उत्पादन हुन्छ । यो मानिस दूध, सेमन, म्युकस र स्यालिभामा पनि पाइइन्छ ।
रुवाइले ५ देखि १० मिनेटको बीचमा ९० देखि ९५ प्रतिशत ब्याकटेरिया मार्ने गर्छ । सन् २०११ मा प्रकाशित फुड माइक्रोबाइलोजीमा यस कुराको उल्लेख गरिएको थियो ।
३. रुदा आखाँको दृश्य मजबुत हुन्छ
आँशु ल्याक्रीम ग्ल्याण्डबाट निर्माण हुन्छ । आखाँमा यसले लुब्रिकेन्टको काम गर्छ । जब आँखामा डिहाइड्रेसन हुन्छ तब आँखाले धमिलो देख्न थाल्छ ।
आँसुले आँखा पखाल्नका साथै आइबल र आइलिड सफा गर्ने काम गर्छ । नेशनल आर्इ इन्स्टिच्युटका अनुसार रुनाले विभिन्न म्युकस मेमब्रेन्सको डिहाइड्रेसन समस्या पनि हल गर्छ ।
४. रुदा राम्रो मुड बनाउन मद्दत पुग्छ
सन् २००८ मा साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनमा रुनाले राम्रो मुड बनाउने निष्कर्ष निकालेको थियो ।
रुवाइले अध्ययनमा ९० प्रतिशत रोएका व्यक्तिहरुको मुडमा परिवर्तन ल्याउन सफल भएको थियो भने १० प्रतिशतमा नकारात्मक प्रभाव देखिएको थियो ।
५. रुदा तनावबाट मुक्त भइन्छ
रुदा शरीरमा रहेको नकारात्मक सोचलाई हट्नुकासाथै सकारात्मक शक्ति आउँछ। जति खुल्ला रुपमा रुन सक्यो त्यति
स्वस्थ भइने र शरिरमा स्फुर्ति थपिन्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया