एपीएफविरुद्धको फाइनल खेलमा प्रतिभा घाइते

काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनल खेलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली घाइते भएकी छिन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपीएफ क्लबविरुद्ध अहिले जारी खेलको तेस्रो सेटको दौरान प्रतिभा घाइते भएकी हुन् । एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । उनलाई स्ट्रेचरमा राखेर कोर्ट बाहिर निकालिएको थियो ।

उनलाई थप उपचारको लागि अस्पताल लागिएको छ । उनको घुँडामा चोट लागेको छ । चोट बोकेपछि उनलाई तत्काल अस्पताल लागिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?