भारतले ७१औं गणतन्त्र दिवस मनाउँदै

काठमाडौं । भारतमा आज ७१ औं गणतन्त्र दिवस मनाइँदैछ । ९४७ जनवरी २६ मा भारत बेलायतबाट स्वतन्त्र भएपछि हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाइँदै आएको छ । भारतले आफ्नो संविधान जारी गर्दै गणतन्त्रको यात्रा १९५० देखि सुरु गरेको हो ।

ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारो ७१औं गणतन्त्र दिवसको अवसरमा प्रमुख अतिथिको रुपमा भारत आएका छन् । सैन्य परेड सहित गणतन्त्र दिवसको कार्यक्रम भव्य रुपमा मनाउने बताइएको छ ।

राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवस परेडको सलामी लिनुका साथै राजपथमा झण्डा पनि फहराउने छन् । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मृतिको अवलोकन गर्नेछन् ।

एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?