अग्नि सापकोटा सभामुख बन्ने पक्का, रिटको सुनुवाई स्थगित

काठमाडौं । प्रतिनिधि सभको सभामुखमा अग्निप्रसाद सापकोटा बन्ने निश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट एकल उमेदवार बनेका उनी विरुद्ध परेको रिटको सुनुवाई गर्न न्यायाधीस हरिप्रसाद फुयाँलले नमिल्ने भएको छ ।

फुयाँलको एकल इजलासमा सापकोटा विरुद्धको रिट परेको थियो । उक्त रिटको पेसी आजैको लागि तोकिएको थियो ।

फुयाँलले सापकोटाविरुद्धकै अर्को मुद्धामा बहस गरेकाले नैतिकताका आधारमा उक्त मुद्धा नहेर्ने स्रोतले जनाएको छ ।

सापकोटालाई तत्काल सभामुखमा चयन नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आजको सुनुवाई स्थगित हुने निश्चित भएकाले सापकोटा सभामुखमा निर्वाचित हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?