गर्लफ्रेन्डसँग विवाह गर्नबाट बँच्न चोरी !

काठमाडौं । संसारका हरेक मानिसहरुको सोच फरक फरक हुने गर्छ । त्यसैले मानिसहरु कतिबेला के गर्छन् थाहा हुँदैन ।

त्यस्तै एउटा घटना चीनमा भएको छ । त्यहाँ एक युवक आफ्नी गर्लफ्रेन्डसँग विवाह गर्नबाट बँच्न चोर बनेका छन् । चीनका ति मानिसको नाम हो चेन ।

उनी एक युवतीसँग केहि वर्ष अगाडिदेखि रिलेसनमा थिए । उनीहरु दुबैको एकआपासमा विवाह हुने तयारी चलिरहेको थियो । तर अन्तिम समयमा आएर युवकको मन परिवर्तन भयो ।

उनलाई लाग्यो युवतीले मलाई मायँ नै गर्दैैन । त्यसैले विवाह गर्नु भनेको पछुताउनु मात्र हो । उनले आफ्नी गर्लफ्रेन्डसँग साथ छोडाउँनको लागि आफू तल्लो स्तरको बन्ने एउटा अनौठो उपाय अपनाएका छन् ।

उनले सोचे मलाई प्रहरीले समाते पछि गर्लफ्रेन्डले मलाई छोड्छे । त्यो सोचेर उनले एक नाईट क्लवमा गएर प्लान अनुसार स्पीकर चोरे ।

चोरी गरेको आरोपमा उनलाई प्रहरीले समातेर हिरसतमा राख्यो । सोधपुछका क्रममा युवकले यो कुरा बताएका हुन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?