चितवन, ११ माघ । प्रणय दिवसका अवसर पारेर यही माघ २८ गतेदेखि चितवनको रत्ननगरस्थित सौराहामा १२औँ सौराहा खाना महोत्सव (फुड फेस्टिबल) हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजना तथा क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूहको सहआयोजनामा सो महोत्सव हुन लागेको आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो माघ २८ देखि फागुन ३ गतेसम्म सञ्चालन हुने १२औँ संस्करणको महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक कपिल रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा स्वदेशी तथा विदेशी खानाका साथै थारुहरुको मौलिक खाना प्रदर्शन हुने आयोजकले जनाएको छ पत्रकार सम्मेलनमा रेग्मीले प्रणय दिवस पारेर आयोजना गरिएको महोत्सवमा आउने पर्यटकका लागि रेवानमा आबद्ध होटल तथा रेस्टुरेन्टमा खान र बस्नका लागि मेनुमा १५ प्रतिशत छुटको घोषणा गर्नुभयो । सौराहामा यो समय पर्यटकको मौसम नहुने भएकाले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि खाना महोत्सव आयोजना हुँदै आएको छ महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये १० वृद्धवृद्धा र अपांगलाई तथा १० प्रतिशत रकम खेल मैदान व्यवस्थापनमा खर्च गरिने रेवानका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए यस्तै ४० प्रतिशत रकम घुम्ती शौचालन निर्माणका लागि, पाँचप्रतिशत सौराहाको सरसफाइ र केही रकम उज्यालो सौराहा कार्यक्रममा सहयोग गरिने उनकोे भनाइ छ महोत्सवमा कूल रु ७० लाख आम्दानी हुने र रु ५५ लाख खर्च हुने तथा दैनिक ३० हजारभन्दा बढी पर्यटक आउने अनुमान गरिएको रेवानका पूर्व अध्यक्ष लालबहादुर भट्ट, राजनले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कला संस्कृति प्रदर्शन गरिने जनाइएको छ महोत्सव अवधिभर सांगीतिक कार्यक्रमबाहेक वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम राखिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया