अब मानिसजस्तै रोबर्ट बनाउँन सकिने,वैज्ञानिकले खोजे नक्कली छाला बनाउँने तरिका

काठमाडौं । मानिसहरु राम्रो बन्नका लागि प्लाष्टिक सर्जरी गर्ने गर्छन् । केहि मानिसहरु अनुहारका चोटहरु लुकाउँन पनि प्लाष्टिक सर्जरी गर्छन् । तर प्राकृतिक छाला बानाउँनको लागि बिभिन्न समस्याहरु झेल्नुपर्छ ।

वैज्ञानिकहरुले अहिले म्यगनेट सेन्सरयुक्त एउटा इलेक्ट्रिक चिप बनाएका छन् । यसबाट नक्कली छाला बनाउँन सकिन्छ ।

जर्मनीका लाइबनिट्स इन्स्टिच्युट फर सेल्ड स्टेट एण्ड म्याटेरियल्स रिसर्चका वैज्ञानिकहरुका अनुसार यो छाला एकदमै पातलो तथा इन्टीग्रेटेड सर्किड खालको हुन्छ ।

यसमा रहेको म्याक्ट्रिसले चुम्बकीय वस्तुको स्थिति र चुम्बकीय क्षेत्रको छिटो म्यापिङ गर्न सहयोग गर्छ । यसले हात वा खुट्टा मोड्नको लागि केहि असहज र दुःख हुँदैन ।

अनुसन्धान कर्ताहरुका अनुसार अध्ययनबाट लचिलो इलोक्ट्रोनिक्सको एक नयाँ पुस्ता विकास गर्न सकिने कुरा पत्ता लागेको छ ।

यसको सहयोगले मानिसहरु जस्तै देखिने मानिसहरु जस्तै देखिने रोबोट बनाउँन सकिने वैज्ञानिकहरुको दाबी छ ।

अनुसन्धान टिमका डाक्टर शिमटले यस प्रकारको लचिलो मानिसजस्तै नरम रोबोटिक्स,प्रत्यारोपण र प्रोस्थेटिक्सको क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्ने बबताएका छन् । साथै यस प्रकारको रोबर्टबाट कृत्रिम उपकरण छालाको निर्माण गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?