काठमाडौं । अमेरिकामा खर्बपतिको रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका थिए । सन् १९७१ देखि देशको धनाढ्यका रुपमा चिनिन थालेका ट्रम्प सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखरमा पुगे ।
उनलाई सन् २०१६ मा फोर्ब्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो । उनी विश्वमा धनाढ्यको सूचीमा ३२४ औँ स्थानमा परेका थिए । उनको कुल सम्पत्ति करिब ३.७ अर्ब डलर रहेको फोर्ब्सले २०१६ मा अनुमान गरेको थियो ।
राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बसन्धि काम गर्ने) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रुपमा स्थापित थियो ।
कलेज पढ्दैदेखि उनी आफ्ना पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न भएका थिए । उनले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।
१. मेरो सुन्दरताको एउटा पाटो भनेको मेरो सम्पति पनि हो ।
२. कहिलेकाँकि सानातिना युद्ध हार्नाले सिङ्गो युद्ध जित्ने तरिका पत्ता लगाउँन सकिन्छ ।
३. मैले गर्ने काम एकदमै सरल छ, मैले चाहेको उपलब्धिलाई जबसम्म हासिल गर्दिन तबसम्म त्यसलाई धकेल्दै-धकेल्दै ननिकाली छोड्दिन ।
४. रातारात धनी भएको म नै हुँ तर त्यो रात कति लामो थियो मलाई मात्र थाहा छ ।
५. प्यासन बिना कुनै शक्ति मिल्दैन र शक्ति बिना कुनै उपलब्धि मिल्दैन ।
६. यदि तिमीले आफैमाथि विश्वास गर्न सक्दैनौ भने बाँकि कसैले तिम्रो विश्वास गर्दैन ।
७. अहिले शरीरको शक्ति जुन अवस्थामा छ,त्यहि शक्तिसँग तिमीले खेल्न सक्नुपर्दछ ।
८. अन्त्यमा हेरिने भनेको तिमीले कति कुरामा हात हाल्यौ भन्ने होइन, बरु कति कुरा गरेर सक्यौ भन्ने हो ।
९. धेरैजसो मानिसले साघुरो दायराबाट सोच्ने गर्दछन्, किनभने उनीहरु सफलतादेखि डराउँदछन् र निर्णय गर्न देखि डराउँछन् र जित्नदेखि डराउँछन् ।
१०. कुनै सपना पनि भयंकर हुँदैन ।
११. कुनैपनि चुनौति अत्याधिक महान हुँदैन ।
१२. कसैको पनि भविष्य पहुँच भन्दा टाढा छैन ।
१३. म ठूलो कुरा सोच्न मन पराउँछु,यदि तिमी पनि केहि सोच्छौ भने ठूलो सोच्ने गर ।
१४. अद्वितीय हुन नडराउ,डराउँनु भनेको आफ्नै सबैभन्दा अब्बल व्यक्तिसँग डराएजस्तो हुन्छ ।
१५. केही नगरी बोल्ने मात्र राजनेता देखेर जनता हैरान छन् ।
१६. हेर,सुन र सिक ।
१७. तिमी आफैले सबै कुरा जान्न सक्दैनौ ।
१८. जसले म आफै सक्छु भन्ने सोच्छ उ गुणस्तर हीन व्यक्ति हुन्छ ।
१९. अमेरिकामा एउटा मात्र कुरा राम्रो भईरहेको छ त्यो हो स्टक मार्केट ।
२०. सधै अरुको गल्तिबाट पाठ सिक्न खोज आफ्नोबाट होइन, किनभने त्यो नै पाठ सिक्ने सस्तो तरिका हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया