पाम आयल माथिको प्रतिबन्ध हटाउन भारतसँग नेपालको आग्रह

काठमाडौं । भारत सरकारले नेपालबाट आयात गरिरहेको पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै नेपालमा खैलाबैला मच्चिएको छ । त्यसैक्रममा नेपालले भारतलाई उक्त प्रतिबन्ध हटाउनको लागि आग्रह गरेको छ । भारतले तेल आयातमा प्रतिबन्ध लगाएपछि त्यसको समस्या समाधानको लागि छलफल गरिएको थियो । त्यसै अनुसार पत्राचार गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पाम आयल निर्यात फुकुवा गर्न कुटनीतिक च्यानल मार्फत भारत सरकारलाई पत्राचार गरिएको हो । गत पुस २३ गते भारत सरकारले पुस २३ गते भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालले मलेसिया तथा इन्डोनेसिया लगायतका देशहरुबाट कच्चा पदार्थ ल्याइ प्रशोधित पाम भारत निर्यात गर्दै आएको थियो । नेपालबाट निर्यात हुने बस्तुमा पामको हिस्सा ठुलो रहेको छ ।

भारत र पाकिस्तानकाबीच चलिरहेको विवादमा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएका कारण त्यसबाट भारत रुस्टिएको थियो । र नेपालबाट आयात गरिरहेको पाम आयल आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?