काठमाडौं । चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकप्टर क्र्यासमा भएको मृत्युबारे ८ वर्ष अद्दिनै भविष्यबाणी भएको भेटिएको छ । उनको हेलिकप्टरमा दुर्घटना हुनेबारेको सोसल मिडियामा भएको ट्वीट अहिले भाइरल भईरहेको छ ।
कोबेको मृत्युलाई लिएर आजभन्दा ८ वर्ष अगाडि नै एक ट्विटर प्रयोग कर्ताले भविष्यवाणी गरेका थिए । साथै बोबे मृत्यु नभन्दै हेलिकप्टर क्र्यासमा भएपछि अहिले विश्वभरिका मानिसहरुले त्यो ट्विटलाई री ट्विट गरिरहेका छन् ।
@dotnose नामका ट्विटर प्रयोगकर्ताले १३ नोभेम्बर सन् २०१२ मा ब्रायन्टको मृत्यु हेलिकप्टर क्र्यासबाट हुने बताएका थिए । नभन्दै २६ जनवरी सन् २०२० मा भएको यो हेलिकप्टर दुर्घटनाबाट उनको मृत्यु भएको छ ।
अहिले अधिकांश मानिसहरु ट्विटर युजरलाई आफ्नो बारेमा बिभिन्न प्रश्नहरु सोध्न थालेका छन् । मानिसहरुले यसरी भविष्यवाणी सत्य सावित भयो भने भगवानको आवश्यक नै नपर्ने बताईरहेका छन् ।
४१ वर्षीय कोबे ब्रायन्टको मृत्यु अमेरिकाको क्यालिफोर्नियामा हेलिकप्टर क्र्यास भएर भएको थियो । ब्रायन्टसँगै उनकी १३ वर्षकी छोरीको पनि मृत्यु भएको थियो ।
उनले आफ्नो २० वर्षीय खेलजीवनमा ८ हजार करोड भन्दा धेरै कमाएका थिए । साथै उनले बिभिन्न रेकर्ड पनि बनाएका छन् ।
कोबेका लागि बास्केटबल नै जीवन थियो
बास्केटबल जगतका ‘स्टार प्लेयर’ कोबेका लागि खेल नै जीवन थियो । बास्केटबलमै आफ्नो खुसी जीवनको लक्ष्य भेट्टाएका कोबेले बास्केटबलका बारेमा कविता समेत लेखेका छन् । आफ्नो बाल्यकालको किस्सा जोड्दै कसरी बास्केटबलप्रतिको लगाव बढ्यो लगायत बास्केटबलको आफ्नो जीवनमा केकस्तो महत्व छ भन्ने कुरालाई शब्दमा उनेर उनले यस्तो कविता रचेका थिए । बास्केटबललाई आफ्नो जविन मानेका कोबेले डियर बास्केटबल शिर्षकमा कविता रचेका थिए ।
को हुन् त कोबे ब्रायन्ट ?
विश्वकै सर्वाधिक लोकप्रिय खेल मध्य एक हो बास्केटबल । प्रशंसक बास्केटबलका स्टार खेलाडीको नाम लिने हो भने कोबे ब्रायन्टको नाम नै मानिसहरुले पहिले उच्चारण गरेको पाईन्छ ।
पाँच पटक नेशनल बास्केटबल असोसिएशन अर्थात् एनबीए च्याम्पियन कोबे ब्रायन्टलाई बास्केटबलको इतिहासमा सबैभन्दा सफल महान् खेलाडीमध्ये एक गनिन्थ्यो ।
ब्रायन्टले आफ्नो २० वर्ष लामो बास्केटबल करियमा सधैं लस एन्जेल्स लाकेर्समार्फत् खेले । सन् २०१६ को अप्रिल महिनामा अवकाश लिएपछि उनले सन् २००८ मा एनबीएका सबैभन्दा महत्वपूर्ण खेलाडीको उपाधि हासिल गरेका थिए । यसका साथै उनले दुई पटक एनबीए फाइनल्समा एमवीपीको उपाधि हासिल गरे ।
कोबेको नाममा दुई पटक एनबीए स्कोरिङ च्याम्पियनको उपाधि र दुई पटक ओलम्पिक खेलमा च्याम्पियन बनेको उपाधि दर्ता छ । कोबेले सन् २००६ मा टोरेन्टो रेपटर्सविरुद्ध एउटा खेलमा ८१ अंक हासिल गर्ने उद्देश्य हासिल गरेका थिए जुन उनको करियरको एक महत्वपूर्ण उपलब्धिमा समावेश छ ।
कोबेको मृत्युपछि मृतक बास्केटबल खेलाडी कोबेप्रति नेयमारले लिलीविरुद्धको खेलमा गरेको गोल समर्पण गरेका थिए । विभिन्न फुटबल स्टार खेलाडीले आफ्नो ट्वीटरबाट समबेदना प्रकट गरेका छन् ।
यो पनि पढ्नुहोस्:
क्यालिफोर्नियामा हेलिकप्टर दुर्घटना, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टसहित ९ जनाको
बास्केटबलका ‘स्टार’खेलाडी कोबेको मृत्यु : लेखेका थिए यस्तो भावुक कविता‘
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया