निर्भया बलात्कार तथा हत्या प्रकरण : चारैजना दोषीको डमीलाई दोस्रो पटक फाँसी दिइयो

काठमाडौं । निर्भया बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमबार दोस्रो पटक फाँसी दिइएको छ । यसअघि जनवरी १२ मा चारै दोषीका डमीलाई फाँसी दिइएको थियो । यो प्रक्रिया दोषीलाई फाँसी दिनु अघिको रिहर्सल भनिन्छ ।

तिहाड जेलका अधिकारीले डमीलाई फाँसी दिने प्रक्रिया पूरा गरेको हो । उनीहरुको तौलको आधारमा डमी तयार गरिएको थियो । दिल्ली अदालतले चारै जना दोषीको मृत्युदण्ड ‘डेथ वारेन्ट’ जारी गरेर उनीहरुलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ ।

अदालतले चारैजना दोषीलाई फेब्रुअरी १ तारिख बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ । यी चारैजनालाई जेल नम्बर ३ मा फाँसी दिइनेछ । एजेन्सी

यो छुटाउनुभयो कि ?

निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

निर्भया बलात्कारपछि हत्या प्रकरण : मृत्युदण्डअघि दोषीलाई परिवारसँग अन्तिम पटक भेट्न दिइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?