इ-सेवा सञ्चालनको ११ औँ वर्षमा प्रवेश

काठमाडौं । नेपालको पहिलो मोवाइल वालेट इसेवा सञ्चालनको ११ औँ वर्षमा प्रवेश गरेको छ । इसेवालाई क्यासलेस अर्थतन्त्रको लागि पर्यायको रुपमा हेरिन्छ ।

इसेवाको माध्यमबाट प्रयोगकर्ताहरुले इन्टरनेटको माध्ययमबाट विल भुक्तानी गर्ने, पैसा पठाउने तथा प्राप्त गर्ने आदि कामको लागि सहजताको माध्ययमको रुपमा हेर्ने गरिन्छ । इसेवाको अनुसार खाता खोल्नेको संख्या ३० लाख पुगेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट उक्त सेवाको शुरुवात गरिएको हो ।

इन्टरनेटको माध्ययमबाट सजिलै भुक्तानी गर्न सकिने इसेवा मार्फत नेपालका हरेक गाउँपालिका, नगरपालिका तथा वडासम्मका कारोबारलाई सहज बनाएको छ । विश्वमा हाल क्यासलेस इकोनोमिलाई भरपर्दाे मानिन्छ । जस अन्तर्गत नेपालले पनि क्यासलेस इकोनोमीको लागि सहजता प्रदान गरिरहेको कम्पनीेले जनाएको छ ।

आफ्नो पहुँच विस्तारको क्रममा हाल देशभर इसेवाको ८० हजार एजेन्ट मार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै इसेवाको मोवाइल एप्स डाउनलोड गर्नेको संख्या करिव २० लाख हाराहारिमा पुगिसकेको छ । भने इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । त्यस्तै भोलीका दिनहरुमा अझ थप सेवाहरुको विस्तार गर्दै लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?