काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर प्रतिभा माली करिब एक वर्ष कोर्ट बाहिर बस्ने भएकी छिन् ।
पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला(पुरुष क्लब भलिबल च्याम्पियनसिप भलिबलको दौरान घुँडाको चोट बोकेकी प्रतिभा लामो समय कोर्ट बाहिर रहने भएकी हुन् ।
ब्लु क्रस हस्पिटलमा उपचार भईरहेको प्रतिभाको चोट ठिक हुन कम्तिमा एक वर्ष लाग्ने हस्पिटलले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा गत शुक्रबार न्यू डायमण्ड स्पोर्ट्स क्लबकी प्रतिभाले एपीएफविरुद्धको फाइनल खेलको दौरान देब्रे घुँडाको चोट बोकेकी थिइन् ।
फाइनलको तेस्रो सेटको दौरान प्रतिभाले चोट बोकेकी थिइन् । एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा लड्न पुगेकी थिइन् । चोट बोकेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो ।
यो पनि पढ्नुहोस् : एपीएफविरुद्धको फाइनल खेलमा प्रतिभा घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया