काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा र मंगल ग्रहमा अन्तरिक्ष यात्रीहरुका लागि बस्ने घर बनाउँने दाबी गरेको छ । नासाका वैज्ञानिकहरुले चन्द्रमामा र मंगलग्रहमा घर बनाउँने मिसन सक्षम हुन गईरहेको बताएका छन् ।
उनीहरुले घर बनाउँने सामाग्रीहरु बनाउँने नभएर उब्जाउँने भएको बताएका हुन् । नासाका वैज्ञानिकहरुका अनुसार क्यालिफोर्नियामा नासाको एम्स रिसर्च सेन्टरको परियोजना मध्ये एक माइक्रो आर्किटेक्चरले यो समस्याको समाधान खोज्ने काम गरिरहेको बताएका छन् ।
वैज्ञानिकहरुले घर बनाउँनको लागि फन्गी नामक वनस्पति उब्जाएका छन् । जसलाई मसरुम लाईक भन्ने गरिन्छ । यो वनस्पतिबाट बनेको ठोस सामाग्रीबाट अन्तरिक्षमा घर बनाईने भएको हो । अहिलेसम्म मंगल ग्रहमा जीवको बस्न सक्ने अवस्था छैन ।
अनुसन्धान कर्ता लिन रोथ्सचाइल्डले मंगल ग्रहमा घर बनाउँन धेरै खर्च लाग्ने बताएका छन् । मसरुम लाइकबाट निर्माण भएको ठोस इट्टाको घरले अन्तरिक्ष यात्रीहरुको घर बनाउँने बताएका छन् ।
मशरुम प्रजातीको यो वनस्पतिले कार्वनिक पदार्थको सेवन गर्छ र बीजाणु पैदा गर्छ । यो वनस्पतिलाई जीवित रहँन साइनो ब्याक्टेरीयोको आवस्येक पर्छ ।
यो प्रोजेक्टलाई तयार गर्न अनुसन्धान कर्ताहरुले घरको बाहिर बर्फ जमेको पातजस्तै आकारको हुने बताएको छ । साथै यसले अन्तरिक्ष यात्री तथा विकिरणकोबीचमा ढाल जस्तै काम गर्छ ।
साथै साइनो ब्याक्टेरीयाले पानी उत्पादन गर्ने गर्छ । जसले अन्तरिक्ष यात्रीलाई अक्सिजन लिन सहयोग गर्छ । यो वनस्पतिबाट बनेको घरले इन्सुलेटर्स, आगो र अन्य ग्याँस उत्पादन गर्दैन ।
साथै यो वनस्पतिबाट बनेको घर सीमेन्ट, फलामले बेनको घर जस्तै बलियो हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया