काठमाडौं । महिलाहरुले विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । उपलब्धि कमाउँने मध्येकी एक महिला हुन् अन्तरिक्ष यात्री क्रिस्टिना कोच ।
४० वर्षीया क्रिस्टिनाले महिला यात्रीहरु मध्येबाट अन्तरिक्षमा धेरै समय बिताउँने महिलाहरुकोे सूचीमा आफ्नो नाम लेखाएकी छिन् ।
अमेरिकाको मोन्टानामा बस्ने क्रिस्टिना पेशाले इलेक्ट्रिकल इन्जिनियर हुन् । उनी गएको वर्षको १४ मार्चमा अन्तरिक्षमा पुगेकी थिइन् ।
उनको मिसन ६ महिनासम्मको थियो तर नासाले लामो समयसम्म अन्तरिक्षमा बस्ने मानिसको शरीरको अध्ययनका लागि उनको समय बढाइदिएको थियो ।
२ सय ८९ दिन अन्तरिक्षमा बसेर उनले अन्तरिक्षमा धेरै लामो समयसम्म बस्ने महिलाहरुको रेकर्डमा आफ्नो नाम लेखाएकी छिन् । उनी अझै पनि अन्तरिक्षमा नै रहेकी छिन् ।
उनी अझै फेब्रुअरी सम्म अन्तरिक्षमा रहने बताइएको छ । त्यो बेलासम्म अन्तरिक्षमा उनको ३ सय २८ दिन पुग्नेछ । यो भन्दा अगाडि यो रेकर्ड पूर्व कमान्डर प्यागी ह्विटसनको नाममा थियो ।
उनले अन्तरिक्षमा सन् २०१७ मा २ सय ८८ दिन बिताएकी थिइन् । अहिले उनले बनाएको रेकर्ड क्रिस्टिनाले तोडेकी छिन् ।
क्रिस्टिनाले अक्टुबर सन् २०१९ मा साथी अन्तरिक्ष यात्री जेसिका मीरका साथमा उनी विश्वकै पहिलो अल फिमेल स्पेसवाकमा पनि भाग लिएकी थिइन् । यो बेलामा उनीहरुले एकसाथमा ७ घण्टा बिताएका थिए । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया