काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जीवन विमा कम्पनीहरुले साढे ४७ अर्ब भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । हाल मुलुकमा विभिन्न १९ जीवन बीमा कम्पनीहरु सञ्चालित रहेका छन् । तिनीहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ अर्ब ५७ करोड बीमा आर्जन गरेको तथ्यांकले देखाएको छ ।
बैदेशिक रोजगार म्यादी बीमा बाट मात्र यस अवधिमा १ अर्ब २२ करोड रुपैयाँ बराबर बीमा शुल्क संकलन गरिएको बीमा समितिले जनाएको छ ।
यस अवधिमा सबैभन्दा बढि कमाउनेमा नेपाल लाईफ इन्सुरेन्स कम्पनीले सबैभन्दा धेरै रकम आर्जन गर्न सफल भएको छ । जसले उक्त अवधिमा १३ अर्ब ९६ करोड रुपैयाँ कमाएको छ भने दोस्रोमा लाइफ इन्स्योरेसन कर्पाेरेशन नेपाल परेको छ ।
आवको यस अवधिलाई समिक्षा अवधिको रुपमा हेर्ने गरिन्छ । कम्पनीहरुले यस अवधिमा कमाएको नाफा एवं अन्य शुल्कको आधारमा नै एक आर्थिक वर्षका लागि लिएको लक्ष्य पुरा हुन्छ वा हुन्न भन्ने पनि अनुमान गर्ने गरिन्छ । यसैक्रममा कम्पनीको पुरानो नविकरण मार्फत भने करिव ३१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको तथ्यांकले देखाएको छ । साथै यस अवधिमा थपिएकाको मात्रे १५ अर्ब ३० करोड रुपैयाँ आर्जन गरि कम्पनीले आर्जन गरेको शुल्क साढे ४७ अर्बभन्दा बढि कमाउन सफल भएको हो ।
चालू आवको यस अवधिमा कुन कम्पनीको बीमा शुल्क कति ?
चालू आवको ६ महिनाको अवधिमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालले ७ अर्ब ९९ करोड रुपैयाँ शुल्क आर्जन गरेको छ ।
त्यस्तै राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ५ अर्ब ८३ करोड रहेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै युनियन लाइफ इन्स्योरेन्सले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
मेट लाइफ इन्स्योरेन्सले यस अवधिमा २ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै एशियन लाइफ इन्स्योरेन्सको बीमा शुल्क संकलन २ अर्ब २६ करोड रहेको छ ।
सुर्य लाइफ इन्स्योरेन्सको बीमा शुल्क १ अर्ब ९८ करोड रहेको छ ।
त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क रकम १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।
रिलायबल लाइफ इन्स्योरेन्सको बीमा शुल्क १ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै यस अवधिमा गुराँस लाइफ इन्स्योरेन्सको बीमा शुल्क संकलन ९४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै ज्योती इन्स्योरेन्सले ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै सिटिजन्स लाइफ इन्स्योरेन्सले यस अवधिमा ७१ करोड बीमा शुल्क आर्जन गरेको छ ।
आइएमएफ लाइफ इन्स्योरेन्सको बीमा शुल्क ५८ करोड रुपैयाँ रहेको छ ।
सनलाइफ इन्स्योरेन्सको ५६ करोड रुपैयाँ रहेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क संकलन ४३ करोड रुपैयाँ रहेको छ ।
सानिमा लाईफ इन्स्योरेन्सको बीमा शुल्क संकलन ४० करोड रुपैयाँ रहेको छ ।
त्यस्तै प्रभु लाइफ इन्स्योरेन्सले यस अवधिमा ३० करोड बीमा शुल्क आर्जन गरेको छ ।
साथै महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आवको यस अवधिमा २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया