काठमाडौं । सिख धर्मका संस्थापक तथा आदि गुरु थिए गुरु नानक देव । उनको जन्मजयन्ती कात्तिक पूर्णिमाका दिन मनाउँने गरिन्छ ।
उनका अनुयायीहरु उनलाई गुरु नानक, गुरु नानक देवजी, बाबा नानक र नानक शाका नाले पुकार्ने गर्छन् । उनी हिन्दू परिवारमा हुर्किएर सिख धर्ममा लागेका थिए ।
गुरु नानक देव पिता कल्याण चन्द र माता तृप्ताकोे पुत्र थिए । उनी बिभिन्न चमत्कारिक घटनाहरुका कारण ७/८ वर्षकै उमेरमा देश विदेशमा प्रसिद्ध भएका थिए ।
गुरु नानक देवका शिक्षाले आज पनि मार्गहिन मानिसहरुलाई मार्ग देखाउँन सहयोग गर्छन् ।
गुरु नानक देवका जीवन बदल्ने १० महत्वपूर्ण भनाई
१. परम पिता र मरमेश्वर एउटै हो ।
२. सधैँ एउटै ईश्वरको साधनामा मन लगाउ ।
३. हरेक ठाउँ र हरेक प्राणीमा ईश्वरको बास हुन्छ ।
४. ईश्वरको भक्तिमा लीन मानिसलाई कसैले डर लाग्दैन ।
५. इमान्दारी र मिहेनतले पेट भर्नु पर्छ ।
६. नराम्रो कामको बारेमा सोच्दा पनि नसोचौँ र कसैलाई पनि नसताऔँ ।
७. सधैँ खुसी होऔँ, ईश्वरसँग सधैँ क्षमा याचना गरौँ ।
८. मिहेनत र इमान्दारीबाट कमाएको धनले मात्र गरीबको सहयोग गरौँ ।
९. महिला र पुरुष एक समान छन् त्यसैले सबैलाई एकै नजरले हेरौँ ।
१०. भोजन शरीरलाई जीवित राख्नका लागि जरुरी छ,तर लोभ लालचले जम्मा गर्न बानी खराब हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया