काठमाडौं । हरेक मानिसहरुको जीवनमा केहि न केहि समस्या आएकै हुन्छ । यस्तो अवस्थामा आचार्य चाणक्यले भनेका यी जीवनोपयोगी कुराहरु आफ्नो जविनमा लागु गरे समस्याहरु समाधान हुन सक्छन् ।
चाणक्य नीतिमा नयाँ घरसँग जोडिएका ४ कुराहरु छन् । त्यसैले आफ्नो जीवनमा सुख चाहानेहरुले यी कुराहरुको ध्यान राख्नैपर्छ ।
चाणक्यले आफ्नो नीति शास्त्रमा मानिसहरु कहाँ बस्न योग्य हुन्छ र कहाँ हुँदैन भन्ने बारेमा बताएका छन् । यसका साथै कुन ठाउँलाई तत्कालै छोड्नु पर्छ भन्ने बारेमा बताएका छन् ।
यस्मिन् देशे न सम्मानो न वृत्तिर्न च बान्धवः ।
न च विद्यागमोऽप्यस्ति वासस्तत्र न कारयेत् ।।
अर्थात् चाणक्य नीतिका अनुसार जुन स्थानमा मान सम्मान,रोजगार, नातेदार, शिक्षा र मानिसहरुमा गुण नभएको ठाउँ छ भने त्यो ठाउँमा घर कहिल्यै पनि बनाउँनु हुँदैन । यस्तो ठाउँहरु तत्काल छोडेर अर्काे ठाउँमा जानु पर्छ ।
१. मान सम्मान
चाणक्य नीतिका अनुसार जुन ठाउँमा मान सम्मान हुँदैन वा कुनै आदर हुँदैन त्यो ठाउँमा कहिल्यै बस्नु हुँदैन ।
२. रोजगारी
चाणक्य नीतिका अनुसार कुनै पनि ठाउँ जति नै सुन्दर भए पनि त्यहाँ रोजगारी छैन भने त्यहाँ बस्नु राम्रो हुँदैन ।
३. नातेदार
चाणक्य नीतिका अनुसार जुन ठाउँमा अध्ययन अध्यापनको महत्व हुँदैन, शिक्षाका साधनहरु क्म हुन्छन् त्यो ठाउँमा कहिल्यै पनि बस्नु उचित छैन ।
४. गुण
चाणक्य नीतिका अनुसार जहाँका मानिसहरुमा गुण छैन, सिक्नको लागि केहि छैन त्यो ठाउँमा कहिल्यै भुलेर पनि बस्नु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया