काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई धक्काको कुरा कोरोना भाइरसतर्फ आफुले संकेत गरेको बताएका छन् ।
मंगलबार संसदमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई शुभकामना दिदै भ्रमण वर्ष २०२० मै प्राकृतिक धक्का लागेको बताएका थिए ।
प्रधानमन्त्री ओलीले संसदमा धक्का भनेर के लाई भनेको भनेर प्रष्टरुपमा भनेका थिएनन् । त्यसपछि देउवाले प्रधानमन्त्री ओलीलाई धक्का भनेको के धक्का हो ? हामीले पनि जान्नु पर्यो नी भन्दै कड्किएका थिए ।
देउवालाई बुधबार केन्द्रीय कमिटी बैठकबाट जवाफ दिएका प्रधानमन्त्री ओलीले आफूले कोरोना भाइरसको कुरालाई धक्का भनेको स्पस्ट पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया