काठमाडौं । आचार्य चाणक्यले आफ्नो नीतिशास्त्रमा जीवनका लागि अत्यावश्यक कुराहरु लेखेका छन् । भनिन्छ चाणक्यको नीति आफ्नो जीवनमा उतार्नेलाई सधैँ सफलता नै हात पर्छ ।
त्यसैले आज पनि चाणक्यका नीतिहरु अनुसरण गरिन्छ । चाणक्यले संसारका यी ४ चिजहरु बहेक अन्य चिजहरु बेकार रहेको बताएका छन् ।
नात्रोदक समं दानं न तिथि द्वादशी समा ।
न गायत्र्याः परो मन्त्रो न मातु देवतं परम् ।।
१. दान
चाणक्यका अनुसार संसारमा दान भन्दा ठूलो कुनै चिज छैन । भोको व्यक्ति भोजन गराउँनु नै दान हो । तिर्खाएको व्यक्तिलाई पानी दिनु नै धर्म हो ।
२. एकादशी तिथि
चणक्यले हिन्दू पञ्चाङ्गको एकादशी तिथिलाई शुभ मानेका छन् । यो दिन पूजा तथा व्रत बसेमा भगवान विष्णुको कृपा रहने विश्वास गरिन्छ ।
हिन्दू धर्ममा एकादशी तिथिलाई भगवान विष्णुको प्रिय तिथिको रुपमा लिने गरिन्छ ।
३. गायत्री मन्त्र
हिन्दू धर्मशास्त्रका अनुसार गायत्री मन्त्रलाई सबै भन्दा प्रभावशाली मन्त्र मान्ने गरिन्छ । चाणक्यले पनि यो मन्त्रलाई संसारकै सबैभन्दा शक्तिशाली मन्त्र मानेका छन् ।
गायत्रीलाई वेदको माता मान्ने गरिन्छ । साथै चारै वेदको उत्पत्ति गायत्रीबाटै भएको थियो ।
४. आमा
पृथ्वीमा आमा भन्दा ठूलो कुरा अरु केहि नभएको चाणक्यको नीति शास्त्रमा उल्लेख छ । देवता पनि आफ्नी आमा भन्दा ठूलो हुन नसक्ने उनले बताएका छन् ।
जसले आमा बुबाको सेवा गर्छ, त्यसलाई अरु कसैको भक्ति गर्न नपर्ने चाणक्यको नीति शास्त्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया