काठमाडौं । भागवत गीतामा लेखिएका कुराहरु आजको युगमा पनि सार्थक हुन्छन् । जीवनमा हरेक मानिसहरु सफल बन्न चाहान्छन् । तर सफल हुन सक्दनन् ।
सफल हुनका लागि हाम्रो जीवनमा बिभिन्न गुणहरु हुन आवश्यक छ । यदि ति गुणहरु हामीले आफ्नो जीवनमा लागू गर्न सक्यौँ भने सफलता प्राप्त गर्न सक्छौँ ।
भागवत गीतामा केहि यस्ता कुराहरु छन् ति कुराहरुले हाम्रो जीवनको सफलता प्राप्त गर्न सजिलो बनाइदिन्छ ।
महाभारतको कुरु क्षेत्रको मैदानमा भगवान श्री कृष्णले गीताको उपदेश दिएका थिए । त्यो बेला उनले जो मानिसले बिना कारण कसैमाथि सन्देह गर्छ त्यो मानिस कहिल्यै पनि खुसी हुन नसक्ने बताएका थिए । त्यसैले बिना कारण कसैलाई पनि सन्देह गर्नु हुँदैन् ।
वासना,लोभ र रिस यी तीन कुराहरु नरकका द्वार हुन् । भागवत गीताका अनुसार जो मानिस यी कुराहरुबाट टाढा रहन्छ त्यो मानिस सधैँ सुखी र खुसी रहन्छ ।
भागवत गीताका अनुसार जो मानिस जन्म लिन्छ, त्यसको मृत्यु निश्चित छ । त्यसैले मृत्युमा शोक मनउँनु राम्रो हेइन ।
भगवान श्री कृष्णले गीताको उपदेश दिँदै बुद्धिमान मानिसले समाजका लागि राम्रो र सबैको भलो हुन काम गरे मात्र त्यसको जीवन सुखमय हुने बताएका छन् ।
भागवत गीताका अनुसार जो व्यक्ति भगवानको साधना गर्दै मृत्युको वरण गर्छ त्यो व्यक्ति भगवान लोकमा जान्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया