काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको लागि नयाँ खाता योजना ल्याएको छ । बैंकले ग्राहकहरुको लागि सिटिजन्स कोसेली निक्षेप योजनाको शुभारम्भ गरिएको जनाएको छ ।
उक्त योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले मुद्धतीमा राखेको रकम ७ वर्ष ६ महिना पश्चात साँवा तथा व्याज वापत एकमुस्ट दोब्बर रकम फिर्ता पाउन सक्नेछन् । बैंकका अनुसार उक्त निक्षेप योजनामार्फत ग्राहकहरुमा सेवा थप भई लाभान्वित हुन मद्धत हुनेछन् ।
आफ्नो वित्तीय पहुँच विस्तारको क्रममा बैंकले देशभर ८९ वटा शाखा, ८९ एटिएम तथा १०३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया