काठमाडौं । सुखी र खुसी बन्ने हरेक मानिसहरुको चाहाना हुन्छ । परिवारका सदस्यहरुमा प्रेम र सहयोगको भावना, ठूलालाई सम्मान र सानालाई मायाँ होस् भन्ने चहाना हुन्छ ।
जुन घरका सदस्यहरुमा प्रेम हुन्छ त्यो घर स्वर्ग जस्तै हुन्छ । त्यो घरमा भगवानको बास हुन्छ । नातेदारले भरिएको परिवार सुखीमय हुने विश्वास गरिन्छ ।
तर परिवारमा मनमुटाव र झगडा भयो भने परिवारमा कोलाहल मच्चिन्छ । त्यसको असर परिवारमा पर्छ । साथै समाजमा पनि यसले नराम्रो असर पुर्याउँछ ।
यस्तो अवस्थामा प्रत्येक दिन झगडा परिरहँदा सबैलाई नराम्रो महशुस हुन्छ । तर विवाद आखिर किन हुन्छ ? विवाद के हो ? र यसको कारण के हो त ? जानिराखौँ ।
घरमा झगडा पर्नुका बिभिन्न कारणहरु हुन्छन् । यसको लागि वास्तु दोष र ग्रह दोष धेरै जिम्मेवार हुन्छन् । साथै घरको रंग, घरको बनावट र घरमा बस्ने मानिसहरु राम्रो भएको खण्डमा घरमा सुख शान्ती तथा खुसी छाउँछ ।
यी कुराहरु मध्ये एक मात्र चिज नराम्रो भयो भने घरमा कोलाहल मच्चिन्छ । तर कहिलेकाँहि हामीले बाहिरबाट किनेर ल्याएका सामानहरुले पनि घरमा झगडा हुने गरिन्छ ।
यदि घरमा झगडा नहोस् भन्ने चाहानुन्छ भने घरमा कलरलाई परिवारका लागि खुसी दिने खालको लगाउँनु पर्छ । घरको कलर हल्का पहेँलो, गुलावी तथा हरियो रंग लगाएमा घरमा सुख समृद्धि आउँछ ।
बेड रुम गुलावी कलरको हुनु पर्छ । साथै छतको रंग सेतो हुँदा घरमा कहिल्यै झगडा पर्दैन ।
घरको रंगका साथै घरमा रहेका सामानहरुले गर्दा पनि झगडा पर्छ । त्यसैले घरमा प्रयोगमा नआउँने सामानहरु राख्नु हुँदैन । साथै घरमा बासी खाना, प्रयोग नहुने जुत्ता, चप्पल राख्नु हुँदैन ।
जुन घरमा चर्काे ध्वनी बजाएर गीत सुनिन्छ त्यो घरमा जहिल्यै झगडा परिरहन्छ ।
यो बाहेक घरमा बस्ने मानिसहरुका कारण पनि झगडा पर्छ । घरका मानिसहरुको व्यवहार र स्वभाव सबैभन्दा महत्वपूर्ण हुन्छ ।
घरमा बस्ने मानिसहरुको व्यवहार राम्रो भएको खण्डमा मात्र घरमा झगडा पर्दैन र घरमा जहिल्यै खुसीयालीको लहर छाउँछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया