काठमाडौं । ज्योतिष शास्त्रका अनुसार कसैको पनि जन्म कुण्डलीबाट उसको भविष्यको बारेमा जान्न सकिन्छ । तर जोसँग कुण्डली छैन ति मानिसहरु हस्तरेखा शास्त्रबाट आफ्नो भाग्य हेर्न लगाउँछन् ।
हस्तरेखा शास्त्रका अनुसार हातका रेखाहरुबाट जीवनको भविष्य हेर्न सकिन्छ । भविष्यमा के हुन्छ ?,आफ्नो आर्थिक स्थिति, शैक्षिक अवस्था,ब्यापार तथा जागिरहरुको बारेमा हस्तरेखाबाट थाहा पाउँन सकिन्छ ।
हस्तरेखा शास्त्रको फाइदा ज्योतिषकोमा नगईकन घरमै आफ्नो हातको रेखाहरु हेरेर थाहा पाउँन सकिन्छ ।
कसैको हातको हत्केलामा भाग्य रेखा मोटो तथा पातलो छ भने हस्तरेखा शास्त्रका अनुसार त्यस व्यक्तिलाई ब्यापार व्यवसाय गर्दा लाभ हुन्छ ।
साथै कसैले नयाँ ब्यापार शुरु गर्दै छ भने त्यसलाई फाइदाजनक हुन्छ । तर मंगल र शनी ग्रह तपाईको राशी प्रतिकुल भए भने यो अवस्थामा धन नाश हुन्छ ।
हस्तरेखाका अनुसार जसको हातको हत्केलामा भाग्य रेखाको साथै जीवन रेखा हुन्छ त्यो व्यक्तिको जीवनमा कठिनाईहरुले सताइराख्छन् । त्यो व्यक्तिको आर्थिक स्थिति पनि कमजोर हुन्छ ।
हस्त रेखाशास्त्रका अनुसार जसको हातको हत्केलामा भाग्य रेखा जब मष्तिस्क रेखासम्म आएर रोकिएको हुन्छ र दुई वटा रेखा जोडिएर लामो आकारको बन्छ त्यस्तो व्यक्तिले धेरै खर्च गरिराख्छन् । साथै धन पनि कमाउँन सक्दैनन् । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया