काठमाडौं – पश्चिमी सञ्चारमाध्यमहरूमा आजभोली जलवायु परिवर्तनसम्बन्धी लोमहर्षक तथ्याङ्क र वस्तुस्थितिको चित्रण आउने गर्छ । यसै वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस अभिसन्धीबाट हात झिक्ने आफ्नो चुनावी अभियानको प्रतिबद्धतालाई सरकारी घोषणा गरेपछि विश्वभरिका जलवायुकर्मीहरूमा हलचल मच्चिएको छ । २०१५ मा फ्रान्सको पेरिसमा भएको विश्व जलवायु सम्मेलनमा सहभागी १८८ मुलुकले विश्वको तापक्रम २ डिग्री ९३.६ डिग्री फा. भन्दा तल झार्ने सकेसम्म १.५ डिग्रीमा सीमित गर्ने भन्ने निर्णय लिइयो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसलाई ‘अस्वच्छ आर्थिक बोझ’ भन्दै पेरिस निर्णयबाट पछि हट्ने घोषणा गरेको छ । ट्रम्पले आफ्नो चुनावी अभियानमै यो वाचा गरेका थिए ।
ब्राजिल, अस्ट्रेलिया, अमेरिका जस्ता मुलुकमा ०७६ मा मात्र असाधारण र भयानक आगलागीका घटना भए । ‘पृथ्वीको फोक्सो’ भनिने ब्राजिल लगायत वरिपरिका मुलुकलाई छोएको विश्वप्रसिद्ध अमेजनको घना जंगलमा आगलागी भयो ।
जलवायु परिवर्तनका विषयमा कार्यरत पश्चिमा अभियन्ताहरू आ–आफ्ना सरकारमाथि प्रचण्ड दबाब पारिरहेका छन् । विकसित मुलुकहरू, अविकसित वा विकासोन्मुख मुलुकहरूले पत्थर–कोईलाजस्ता जलवायु परिवर्तनमा कारक मानिने प्रदूषक ईन्धन स्रोतको अत्याधिक उपयोग/उपभोग गरेको कारणले पनि जलवायुजन्य उथलपुथल र असन्तुलन बढेको दोष लगाईरहेका छन् । गएको दशकमा पृथ्वीको तापक्रममा १ डिग्रीमात्र बढ्दा पनि जलवायु परिवर्तनको असरका रुपमा आँधिवेहरी, डडेलो, खडेरी, तातो हावा, बाढीजस्ता आश्चर्यजनक प्राकृतिक प्रकोप अति नै बढेर आए भने २ डिग्री सेल्सियस बढ्यो भने के मात्र नहोला ! नेपालमा जलवायु परिवर्तनमा परिणाम वा असरलाई वस्तुस्थितिबाट पनि मूल्याङ्कन गर्नु जरुरी छ ।
नेपालमा देखिन थालेका असर :
५ हजार फिटभन्दा माथि पर्ने नेपालको हिमालय क्षेत्र २३ प्रतिशत छ । कुल हिमालय क्षेत्रमा विश्वको औसत तापक्रम बृद्धिभन्दा ५ गुणा बढी दरले बढिरहेको वैज्ञानिकहरूका अध्ययन प्रतिवेदनबाट थाहा हुन्छ । यस्तो अवस्थाबाट हिमालयको सेरोफेरोका मुलुकमा बसोबास गरिरहेका ४० करोड मानिसहरु प्रत्यक्ष असर भोग्दैछन् । ०७३ को जेठमा भारतमा आजसम्मको सबभन्दा बढी गर्मी भयो ५१ डिग्री सेल्सियस । भारतीयहरूले ‘लू’ का साथै ‘डिहाइड्रेसनले’ पनि प्राण त्यागे । भारतमा सिंचाई वा खानेपानीको समस्या क्रमशः बिकराल बनिरहेको छ । ७२ प्रतिशत भूमीगत जलको भण्डार भारतीयहरूले खर्च गरिसके । त्यसको असर नेपालको तराई र चुरे वा भित्री मधेसको भूमीगत जलसतह एकदमै घटेर गएको रुपमा देखापरेको छ ।
हिमालयको हिउँमा कार्बनका कण भेटिन थालेका छन् ।
हिमालका टुप्पामा कालो बादल (ब्राउन क्लाउड) मडारिन थालेको कारण के हो ? भारत र चीनले गरेको औद्योगिक विकासको असरका रुप हुन् यी १ वि.सं. २०१७ देखि २०३७ सालसम्म नेपालको वन फडानी अचाक्ली भयो । वन क्षेत्र ६ लाख ४५ हजार ३ सय हेक्टरमा झ-यो । २०५० सालमा आएर वन क्षेत्र थप १ लाख हेक्टर मासियो । ३७ प्रतिशत वन क्षेत्र रहेको तराईमा सन् २०१४ मा आएर २० प्रतिशतभन्दा केही बढी भूभागमा मात्र वन क्षेत्र खुम्चियो । अहिले निजगढ विमानस्थल र काठमाडौँ निजगढ फास्टट्राक बनाउने नाममा २४ लाख रुख ढाल्ने योजना देखिँदै छ । यही क्रममा ३/४ सय वर्ष पुराना रुखहरू ढालिने भएको कारणले वातावरणविद् र अभियन्ताहरू चिन्तित हुँदै सर्वोच्च अदालतमा रीट निवेदन दिएका छन् । अदालतले अन्तरिम आदेशद्वारा त्यस क्षेत्रमा हाल रुख काट्ने काम नगर्न रोक लगाईसकेको छ । इलामदेखि डडेलधूरासम्म मध्यपहाडमा आज पानीका मूल धेरै सुकिसके, चाहे त्यो भूकम्पले गर्दा होस्, चाहे सडक खन्न डोजर चलाएर धर्ती खल्बल्याएका कारणले होस् ।
तराईमा गहुँ र धानको उत्पादन तथा उत्पादकत्व घट्यो भने पहाडमा सुधार देखियो । मुस्ताङमा पनि धान फल्नथाल्यो । धान पाकेपछि पानी प-यो । हिमाली भेगमा छिटै बाली पाक्न थाले । मुस्ताङ–मनाङमा काठमाडौँका सबै तरकारी फल्नथाले । मंसिर पुसको अन्तिमतिर हुने जाडो कात्तिकको मध्यतिरै अनुभव हुनथाल्यो । यसै साल ओखलढुङ्गा सल्लेरीको फाप्लु बागबानीमा पुस महिनामै स्याउ फल्यो । मंसिरदेखि नै चिचिला लाग्न थालेको लोचेलिङ जातको स्याउको फल्ने सिजन बदलिएको पाँच वर्ष भएको स्थानीय विज्ञले बताए ।
अर्घाखाँची पणेनाको सिम्ले आदि तथा सिन्धुलीको रतनचुरा, बागेश्वर, जलकन्या, तीनकन्या, बितीजोर, दुम्जा, मझुवा आदि गाबिसमा दशैँमै सुन्तला पाक्नथाले । यो अवस्था हरेक वर्ष नै हुनथालेको छ । धादिङ र धनकुटामा तिहारमा बेच्न गरिएको पूmल खेती तिहारभन्दा धेरै अगाडि नै फुलिदिएर समयमा बेच्न नपाई बारीमै सुके । उदयपुर जिल्लाको रचने, नाभेटार, जीरे, टाट्ने, द्वारे भञ्ज्याङ् लगायतका गाउँमा साविक चैत लाग्दा फुल्नेगरेको गुराँस माघमै फुल्न थाल्यो । हिउँ पग्लिने सिजन चैत्र ४, २०७० मा हुम्लामा हिमपात भयो ।
यार्चागुम्बाको उत्पादन -हासोन्मुख छ, यस्तै हुँदैगयो भने बिऊ पनि मासिएला भन्ने डर बढेको छ । डडेलधूरामा काफल चाँडै पाक्यो । काठमाडौँको दरबारमार्ग र रत्नपार्कको शिरिष ढिलो फुल्यो । ‘गुँरासको राजधानी’ भनिने तेहृथुम वसन्तपुरको मिल्के, तीनजुरे, जलजले क्षेत्रमा सिजनभन्दा पहिले नै गुँरास फूल्न थाल्यो ।
तराईमा मात्र देखिने सर्प पहाडतिर उक्लिएछन्, पहाडमा पनि देखिनथाले । ‘किङ कोब्रा’ जातको तराईमा मात्र पाइने अति विषालु सर्प काठमाडौँमा पाइएछ । २०६९ सालमा फर्पिङ करेँत साप भेटिएको जानकारी पाइयो । कर्णालीमा पनि लामखुट्टे लाग्न थाल्यो । चारहजार फिटमाथिको अक्षांशमा लाग्दैनन् भनिन्थ्यो, आज पाँचहजार फिटमा पनि झुल चाहिने भइसक्यो । सगरमाथाको आधारशिबिरमा झिँगा देखिन थाले ।
हिमचितुवा र डाँफे घटेको अनुमान छ । चराले चाँडै बच्चा कोरल्न थालेको छ । भोटे कुकुरका भुत्ला झर्न थालेका छन्, ऊ आफ्नै थलोमा जिब्रो निकालेर स्याँस्याँ गर्न थालेको छ । रुपन्देही र कपिलबस्तु वरिपरिका ९ ठाउँमा चरा गणकहरूले पत्ता लगाएअनुसार नदी किनारमा सिमसारको कमि, घाँस मासिने क्रम र विषादिको बढ्दो प्रयोगले पर्यावरण तथा जैविक विनास तथा असन्तुलन बढेर चराको संख्या २० देखि ८० प्रतिशतसम्म घटेको पाइयो ।
फेवाताल र रारातालको पानी घट्दो झुकावमा रहेको छ । फेवातालको पिँधमा माटोको सतह बढेको र पुरिने क्रम निरन्तर भइरहेको छ । राजधानीलगायत देशका सबै भागमा पानीका भूमिगत स्रोत सुक्दै गएकोले सयौँ वर्षदेखिका हिटी–धारा या तिर्तिरे भए वा सुके । कुवा र इनारहरूको त्यहि हालत छ । सेतो हिँउले ढाकिने गरेका हिमशिखरहरूमा काला चट्टानहरू बढ्तै देखिन थाले । हिमपात अत्यन्त कम हुँदै काला चट्टान बढेर हेर्दाहेर्दै बेग्लै देखिनथालेपछि महालंगुर हिमश्रृङ्खलाका सगरमाथा, ह्लोत्से, पुमोरी, नुप्त्से आदि पर्वतहरू खुम्चिँदै गएका छन् । हिमतालहरू क्रमशः पग्लिँदैछन्, गोराक्सेप, लोबुचे, थुक्ला, गोक्यो क्षेत्रका बासिन्दाहरू चिन्तित हुनथालेका छन् । मौसमविद् डा. एम.पी भट्ट लेख्छन्, “विश्वब्यापी उष्णताका कारण करिब ६७ प्रतिशत हिमनदीहरूमा हृास आइसकेको, तथा झन्डै दुई दशकको पंक्तिकारकै अनुसन्धानको क्रममा केन्द्रीय हिमनदीहरूमा एकसय मिटरभन्दा बढी हृास भएको पाइएको छ ।‘ विश्व प्रकृति कोष नेपाल (२००५) को एक तथ्याङ्कअनुसार नेपालमा ३२५२ हिमनदीहरू २३२३ हिमतालहरू छन्, जसमध्ये २६ वटा हिमतालहरू ठूलो खतरा निम्त्याउने खालका छन् (इसिमोड र युएन्इपी २००१) ।‘” अहिलेसम्म नेपालभित्र पाँचवटा हिमताल विष्फोटनका घटनाहरू भइसकेका छन् । खम्बु क्षेत्रमा मात्रै गएका तीनदशकभित्र दुईवटा हिमताल विष्फोटनका घटना भएका थिए ।
कोशी नदी बेँसी (क्षेत्र) मा बाढी–पहिरो आदि अत्याधिक हुनथालेको र कृषिलगायत विकासका पूर्वाधार तथा जनजीवनमा नकारात्मक असर पर्न थालेपछि सरकारले कोशी नदी बेँसीमा पर्ने आठ उपबेँसीहरूमा मौसम परिवर्तनको प्रभाव र परिणामको अध्ययन गर्न एउटा पाइलट प्रोजेक्ट नै सुरू ग-यो ।
२०६८ (सन् २०११) मा उच्च हिमाली भेगमा कात्तिकमै हिँउ परेर सबैलाई आश्चर्यचकित बनाइदिएको थियो । सन् २०१२ मा पनि यस्तै स्थिति दोहोरियो । यो क्रम २०७० साल बैशाखमा पनि पूर्वको ताप्लेजुङ र पश्चिमको मुक्तिनाथ क्षेत्र (मुस्ताङ) लगायतका क्षेत्रमा हिउँ परेर त्यहाँका जनतालाई अप्ठ्यारोमा पा-यो । मंसिरमा हिउँ परेर फागुनमा सकिने क्रमभङ्ग भई विगत तीन वर्षमा बैशाखमा पनि हिउँ पर्न थालेको छ । मुस्ताङ्मा बैशाखमा पनि हिउँ परेपछि स्याउको कोपिला र औवा बालीलाई असर गरेको छ ।
हरेक वर्ष चट्याङको प्रकोप बढिरहेको छ । यसको प्रहारबाट मृत्यु वा हताहत हुने मानिस र जनावरको संख्या वर्षेनी बढिरहेको छ । मानिसको धेरै मृत्यु हुने प्राकृतिक प्रकोपमध्ये चट्याङ पनि एउटा भएको छ । सन् १९७१ देखि २०१० को चार दशकको अवधिमा हुरीबतास र चट्याङ्बाट एकहजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क छ । प्राकृतिक प्रकोपमा यो पाचौँ खतरा हुनआएको छ । मौसम उथलपुथलको परिणाम र प्रभाव यसमा पनि देखिन थालेको छ । मध्यफागुनको तापक्रम माघको शुरूमै अनुभव हुनथाल्यो । मंसिर नसकिँदै तराईमा शीतलहर चल्नथाल्यो, पुसको १/२ गते त शीतलहरले मान्छे मर्न सुरू भयो ।
पहिले काठमाडौँका मानिसहरू हिँउदमा घाम ताप्न र रमाइलो मौसमका कारण पहाडबाट तराई झर्ने गर्थे । आजकाल तराईका मानिसहरू हिँउदमा शीतलहरका कारणले जाडो छल्न काठमाडौँ आउन थालेका छन् । मानिसमा क्यान्सर, मुटुको रोग, उच्च रक्तचाप, चर्मरोगजस्ता रोग अस्वाभाविक गतिमा बढ्दैगए । भान्साकोठामा मुसा र साङ्ला बढ्नथाले ।
मौसमविद्हरूले बताएका छन्, सन् १९५४ देखि २००२ सम्मको तथ्याङ्कलाई केलाएर हेर्दा मौसम उथलपुथलबाट आएको बाढी–पहिरोका कारण १५ लाख नेपालीलाई प्रत्यक्ष असर परेको छ । तिनीहरू या मरे या त घर–बास उठिबास भयो ।
२०६७ सालमा पात्रो मिलानका लागि चैत महिना हटाएर एघार महिनाको वर्ष बनाउने सम्भावना थियो । पृथ्वीको गतिको यकिन हिसाब सेकेन्डमा बचत हुँदैजाँदा सयौँ वर्षमा एकपटक यसरी मिलान गर्नुपर्ने आवश्यक देख्छन् ज्योतिषहरू । पात्रो मिलान नगर्दा पनि महिना र मौसमको तादाम्य नमिले आप्राकृतिक रुप देखापर्ने गरेका छन् । अन्य मुलुकले यस्तो पात्रो मिलान पहिले नै गरिसकेका छन् ।
२०७४–७५ को तथ्याङ्कअनुसार नेपालमा ४६ हजार २३५ पुगिसके । यसका अतिरिक्त २४६ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था विधिवत दर्ता र मान्यता पाएर काम गरेको तथ्याङ्क समाज कल्याण परिषदबाट देखिन्छ । तीमध्ये वातावरण, हावापानी र मौसमको क्षेत्रमा काम गर्ने भनी १ हजार सातसय भन्दा बढी संस्थाहरू दर्ता भएका छन् ।
विदेशतिर पनि मौसम परिवर्तन र पृथ्वीको तापक्रम बढ्ने गति चेतावनीपूर्ण हुँदैछ । २०७६ को वर्षायाममा युरोपभरि अचाक्ली गर्मी भयो । युरोपका शहरहरूमा तातो हावा चलेर तापक्रम ४५ डिग्रीसम्म पुग्यो । जापानमा पनि ०७६ को वर्षा याममा ज्यानै जाने गर्मी भयो । २०७० सालको हिँउदमा संयुक्त राज्य अमेरिका र क्यानाडाका जनताले उत्तरी ध्रुबबाट आएको अतिचिसो स्याँठको प्रकोपमात्र भोगेनन् ४० वर्षयताको सबभन्दा ठूलो हिमपातको सामना गरे । धेरैले ज्यान गुमाए । जापानमा सोही वर्ष भएको हिमपात २५ वर्षयताकै सबभन्दा ठूलो थियो । हावापानी परिवर्तन र पृथ्वी तात्दैजाने क्रमले गर्दा संसारभरि नै औलोज्वरो बढ्ने र फैलने खतरा देखापर्दैछ भनी सन् २०१४ फेब्रुवरीमा गरिएको एक अध्ययनमा देखिन्छ । २०७० को चैत दोस्रो सातामा विश्वका बरिष्ठ बैज्ञानिक तथा सरकारी अधिकारीहरू मौसम परिवर्तनबाट उत्पन्न हुने खतरासम्बन्धी एउटा रिपोर्टलाई अन्तिम रुप दिन जापानमा भेला भएका थिए । सो रिपोर्टमा उल्लेख भएअनुसार आगामी शताब्दीमा मौसम परिवर्तनका खतरालाई समयमै नियन्त्रण गर्न सकिएन भने त्यसबाट विश्व अर्थतन्त्र, खाद्य सामग्रीको आपूर्ति र विश्वब्यापी सुरक्षामा ठूलै असर पर्नजानेछ । कतिपय नकारात्मक प्रभाव भने रोक्नै नसकिने खालका हुनेछन् ।
२०७१ बैशाखको मध्यमा राजधानीमा सम्पन्न भएको ६२ देशका ४०० जलवायृु विज्ञहरूको एउटा सम्मेलनमा हावापानी परिवर्तनसम्बन्धी राष्ट्रसंघीय कोषकी अध्यक्ष क्रिस्टियाना फिगरेसले भनिन् मौसम परिवर्तनका कारण उत्पन्न दुष्परिणामबाट नेपालले हरेक वर्ष आफ्नो कुल गार्हस्थ उत्पादनको एक प्रतिशत क्षति भोगिरहेको छ । सोही सम्मेलनमा विज्ञहरूले बताए, ग्रीनहाउसबाट उत्सर्जन भएको ग्यासले वायुमण्डलमा आठलाख वर्ष यताकै सबभन्दा उच्च बिन्दुको परिमाण थुपारेको छ, जसले गर्दा वायुमण्डलमाथि रहेको ओ–जोन तह पातलिएर सूर्यको किरण छानेर पृथ्वीमा पठाउने प्रक्रियामा खराबी बढिरहेको हुँदा क्यान्सर लगायतका घातक बिमारहरू बढिरहेका छन् ।
पृथ्वीबाट कार्बन डाइअक्साइडको अत्यधिक उत्सर्जन (Carbon emission) नै पृथ्वीको तापक्रम बढ्ने र मौसम उथलपुथल हुने मूख्य कारण हो ।
तथ्याङ्कअनुसार नेपालबाट प्रतिवर्ष ०.३१६२ टन कार्बन उत्सर्जन हुन्छ भने अमेरिका एक्लैले प्रतिवर्ष १४८८.४७ टन कार्बन उत्सर्जन गर्छ । यो विकराल अवस्थामा समेत किन मानविय चेत खुल्न सक्दैन रु यो गम्भिर समस्या हो । वातावरण प्रदुषण र जलवायु परिवर्तनका कारण वातावरणमा देखिएका समस्या लिएर अंग्रेजी एजेन्सी ब्राईट साईडले जम्मा बनाएको यी फोटाहरु यहाँ प्रस्तुत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया