काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका पछिल्ला चर्चित घटनाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समाचारको एक महत्वपूर्ण स्रोत हो । त्यहाँ विमान ढिला उड्यो भनेपनि समाचार बन्दछ । छिटो उड्यो भनेपनि । आकाशमा होल्ड भएपनि, उडान रोकिएपनि । यात्रुलाई सहज भएपनि असहज भएपनि । सुविधासम्पन्न भएपनि वा असुविधा थोपारीएता पनि ।
त्यसमाथी त्यहाँ राष्टिय अन्तर्राष्ट्रिय व्यक्तित्वको जमघट हुने यो ठाउँमा स सानो कुरा हुँदा पनि ठूलै स्क्यान्डल हुन्छ । त्यसैमाथि सामाजिक सन्जालको प्रयोगमा नेपालीको लत यसरी बसेको छ कि उनीहरु हातमा बोकेको मोबाईल फोनको प्रयोग फोन गर्न भन्दापनि यस्तै कुनै कुरा क्याप्चर गर्न तम्सिन्छन् ।
आस्था राउत :
पछिल्लो समय नेपाली गायिका आस्था राउतको विमानस्थलमा भएको व्यवहारको कारण विवादमा आएकी छिन् । केहिदिन अघिमात्र गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै फेसबुक लाईभमा आएर तथानाम बोलेपछि बादविवाद सुरु भएको थियो ।
गायिका आस्था राउत धरौटीमा रिहा
उक्त भिडिओपश्चात् सुरक्षाकर्मीले राउतविरुद्ध नै अभद्र व्यवहारको उजुरी गरेपछि उनले गत सोमवार प्रहरीसमक्ष आत्मसमर्पण गरिन् र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको आदेशमा एकदिन हिरासतमा बिताइन् । मङ्गलवार उनलाई कार्यालयले ४,००० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि भने उनी छुटेकी थिइन ।
पूर्वयुवराज पारस शाह :
त्यस्तै, पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेका थिए । गत भदौमा पूर्वयुवराज पारस शाहसँग सम्बन्धित एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो। उक्त भिडिओलाई लिएर सामाजिक सञ्जालहरूमा मानिसहरू विभाजित देखिए । त्यस भिडिओमा पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा दिइरहेका एकजना सुरक्षा अधिकारीलाई धकेल्दै गरेको देखिन्थ्यो । शाहले विमानस्थलको अतिविशिष्ट कक्ष भित्र जाँदै गर्दा ती प्रहरी अधिकृतलाई धकेलेका थिए ।
त्यसबेला पूर्वयुवराजा आफ्नी आमा पूर्वरानी कोमल शाहलाई बिदाइ गर्न आफ्ना छोरा र भान्जासहित विमानस्थल पुगेका थिए। उक्त घटनापश्चात् सामाजिक सञ्जालमा कतिपयले शाहलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रहरीले उक्त घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भनेको थियो तर उक्त छानबिनको विवरण सार्वजनिक भएको छैन । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा प्रहरी अधिकृतलाई हातपात गरेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेका छन्
। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई झण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागेँ ।’ उनले अगाडि भनेका छन्, ‘त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ, मैले जे गरे एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरेँ । यो कुराको छिनोफानो गर्न म नेपाली जनतालाई दिन्छु ।’
के भनेका थिए पूर्वयुवराज पारस शाहले ?
तोडफोडको त्यो घटना :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको काउन्टरमा तोडफोड भएको थियो । गत असोज २६ गते अस्ट्रेलियाबाट आएका एकजना गैरआवासीय नेपाली एनआरएन रमेशकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको काउन्टरमा तोडफोड गरेका थिए । उनले त्यहाँका कर्मचारीसँग आक्रोश पोख्दै काउन्टरमा हात बजार्दा सिसा फुटेको थियो। त्यसबेला नेपालमा हुन लागेको एनआरएन सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए। विमानस्थलस्थित अध्यागमनको काउन्टरमै तोडफोड भएपछि उनलाई तत्कालै प्रहरीले नियन्त्रण लिएको थियो । नियन्त्रणपश्चात् उनलाई अध्यागमन विभागको हिरासतमा राखियो र तीन दिनपछि ५० हजार रुपैयाँ जरिवाना तिराएर छोडिएको थियो ।
त्यस्तै, पर्यटनमन्त्री योगेश कुमार भट्टराई नेपालगञ्जमा विमानभित्रै विवादमा परेका थिए ।
नेपालगञ्जमा विमानभित्रै विवाद पर्यटनमन्त्री योगेश कुमार भट्टराई माथि नेपालगञ्जमा विमान भित्र केही व्यक्तिहरुले दुव्र्यवहार गरेको विषय चर्चामा रहेको थियो । सामाजिक सञ्जालमापनि यसै विषयलाई लिएर मत अभिमतहरु ओइरो लागेका थियो । विमानको उडान १ घण्टा प्रभावित पारेका कारण युवाहरु तथा विमानका यात्रुहरु पर्यटनमन्त्री भट्टराईमाथि खनिएका थिए । नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले उनलाई गालीगलौज गरेका छन् । भिडियोमा पनि सुन्न सकिन्छ, ‘संस्कृतिमन्त्रीको संस्कार खोई रु मन्त्रीले गर्दा उडान ढिलो भएको भन्दै बनाइएको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै हेरिएको छ । मन्त्री भट्टराईले विमान चढ्न ढीलो भएकोमा क्षमा मागेका थिए
नेपालगञ्ज विमानस्थलमा भएको गालिगलौज : मन्त्री योगेश भट्टराईको फेसबुक स्टाटस यस्तो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया