काठमाडौं । अन्तरिक्षमा ग्रहहरुको प्रत्येक खबर पाउँनको लागि बिभिन्न देशहरुले आ आफ्ना स्याटेलाईटहरु पठाएका छन् । तर त्यहि स्याटेलाईट अब अन्त्रिक्षको मुख्य समस्या बनेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुई वटा स्याटेलाईट आपसमा ठोक्किन सक्ने भन्दै चेतावनी दिएको छ ।
नासाका अनुसार ३१ जनवरी सन् २०२० मा दुईवटा स्याटेलाइट आकाशमा ठोक्किन सक्ने भएका छन् । ३१ जनवरी अर्थात् नेपाली समयानुसारआज विहान पौने पाँच बजे दुई स्याटेलाईट एक आपसामा ठोक्किन सक्ने नासाले बताएको छ ।
यी स्याटेलाईट यदि एकआपसमा ठोक्किए भने अमेरिकाको पिटर्सवर्गमा त्यसको असर धेरै हुनसक्ने शंका गरिएको छ । यी स्याटेलाईट त्यो बेला जम्मा ५० देखि १०० फिटको मात्र फरकमा रहँने छन् ।
ति दुबै स्याटेलाइटले काम गर्न छोडिसकेका छन् । अन्तरिक्षमा घुमेका यी दुई स्याटेलाईटहरुमा एकको नाम आईआरएएस् रजीजीएसई ४ रहेको छ । जीजीएई ४ अमेरिकाले सन् १९६७ मा लन्च गरेको थियो ।
यो अमेरिकी वायुसेनाको जासुसी उपग्रह हो । यसको तौल ८५ किलोग्रामको छ । यो अन्तरिक्षमा १४ दशमलव ६४ किलोमिटर प्रतिसेकेण्डको गतिले घुम्ने गर्छ ।
दोश्रो स्याटेलाईट आईआरस सन् १९८३ मा लञ्च भएको थियो । अमेरिकाले यसलाई पृथ्वीको निगरानीकाल ागि पठाएको थियो । यसको तौल १०८३ किलोग्राम रहेको छ ।
यो पनि लगभग १५ किलोमिटर प्रतिसेकेण्ड गतिले चल्छ । यदि यी दुई स्याटेलाईट एक आपसमा ठाक्किए भने धेरै क्षति हुनसक्ने नासाले दाबी गरेको छ ।
अन्तरिक्षमा यी दुई स्याटेलाईटहरु पृथ्वीभन्दा ९ सय किलोमिटर माथि रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया