बिशेष फल दिने देवी सरस्वतीका तीन पौराणिक स्तुती

काठमाडौं । वसन्त पञ्चमीका दिन विद्या, ज्ञान र वुद्धिकी देवी सरस्वतीको पूजा र आराधना गरिन्छ । वेद तथा पुराणमा लेखिएका विशेष फल दिने मन्त्र तथा श्लोकहरुले सरस्वतीको विशेष पूजा र आराधना गर्ने नीयम छ ।

यी हुन् पुराणका तीन विशेष फल दिने सरस्वतीलाई प्रसन्न बनाउँने मन्त्र

१. सरस्वतीस्तोत्रम्

सरस्वती नमौ नित्यं भद्रकाल्यै नमो नमः।
वेदवेदान्तवेदाङ्ग विद्यास्थानेभ्य एव च ।।
सरस्वती महाभागे विद्ये कमललोचने ।
विद्यारुपे विशालाक्षी विद्यां देवी नमोस्तुते ।।

अर्थात्ः विद्याकी देवी सरस्वतीलाई नित्य नमस्कार छ । भद्रकालीलाई नमस्कार छ । वेद,वेदान्त,वेदाङ्ग तथा विद्याको स्थानलाई प्रणाम छ ।

हे महाभाग्वती ज्ञानरुपा देवी कमलसमान विशाल नेत्रवाली हे ज्ञानदत्री सरस्वती मलाई विद्या दिनुहोस्, म देवीलाई नमस्कार गर्छु ।

२. एकदशाक्षर सरस्वती मन्त्र

ॐ ह्रीं ऐं ह्रीं सरस्वत्यै नमः ।

३. वर्णनामार्थसंघानां रसानां छन्दसामपि ।

मङ्गलानां च कर्तारौ वन्दे वाणीविनायकौ ।।

अर्थात् अक्षर,अर्थ,रस,छन्द र मङ्गल गर्ने देवी सरस्वती र भगवान गणेशलाई म नमस्कार गर्दछु । मलाई विद्या,वुद्धि र विवेक दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?